24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

आँबुखैरेनीका विद्युत प्राधिकरण प्रमुख घुससहित पक्राउ

नेपाल विद्युत प्राधिकरण आँबुखैरेनीका प्रमुख कृष्णबहादुर आले पाँच हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको एक टोलीले उनलाई अघि साँझ कार्यालयबाट रंगेहात पक्रेको हो । एक स्टिङ अपरेशनका क्रममा अख्तियारको टोलीले पक्रेको प्रहरी श्रोतले बताएको छ । उनीमाथि रकम मागेको भन्दै सेवाग्राहीले उजुरी दिए पछि अख्तियारको टोलीले स्टिङ अपरेशन गरेर पक्रेको बुझिएको छ । टोलीले उनलाई पक्रेर पोखरा लैजाने तयारी गरेको छ ।
अख्तियार क्षेत्रीय प्रवक्ता मेघनाथ रिजालले कार्यालय प्रमुखलाई कार्यालयबाटै रकमसहित पक्रेको दमौली न्य्ुजलाई पुष्टि गरे ।

Related posts

लयमा फर्किए विद्यालय

admin

मान्छे हेरेर आकृति

admin

व्यासमा वैकल्पिक माध्यमबाट पठनपाठन स्वास्थ्य मापदण्ड अपनाई परीक्षा लिइने

admin