24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

आजको आवश्यकता भ्रष्टाचार विरुद्ध सून्य सहनशिलता

–वाइडबडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसंगको अपारदर्शी र शंकास्पद कारारोबार, चिनी अयात घोटाला, कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीदमा ओम्नी समूहको सांठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नु अघि अतिगोप्य राख्नुपर्ने राजश्वका दररेट परिवर्तनलाई चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर कमरेड केपी ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।
नेपालमा राज्य संरक्षित भ्रष्टाचारको फेहरिस्त हो यो । सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कार्तिक २८ को पार्टीको सबैभन्दा माथिल्लो निकाय सचिवालय बैठकमा प्रस्तावको रुपमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्षको नेतृत्वको सरकारले गरेको भ्रष्टाचारका केही नमुनाका रुपमा प्रस्तुत गरको हुन् । यसको आसपासमा ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरको प्रतिवेदनमा पछिल्लो एक वर्ष यता नेपालमा दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचार हुने गरको र यसमा राष्ट्रपति कार्यालय देखि प्रधानमन्त्री कार्यालय संलग्न रहको उल्लेख ग¥यो ।
हाम्रा प्रधानमन्त्री आफु भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न मात्र भन्दैनन्, भ्रष्टाचारीको मुहार हेर्दिन पनि भन्न भ्याउँछन् । तर अवस्था त्यस्तो नरहेको उनकै समकक्षी दाहालको प्रतिवेदन तथा ट्रान्सपरेन्सीको प्रतिवेदनले
बतायो । यतिको बचाउ गर्न अझै उनी लागिपरिरहेकै
छन् । गोकुल बास्कोटा उनको प्रिय पात्रको सूचिबाट हटेका छैनन् । बजेट अघिनै राजश्वको दररेट चुहावट गर्ने व्यक्तिलाई पुरस्कृत गरेर राजदुत बनाइएको छ । यसले प्रधानमन्त्रीका भनाइ र गराइबीच तालमेल देखिएको छैन । राज्यको प्रमुख निकाय नै भ्रष्टाचारमा लिप्त भएको अवस्थामा अन्य तल्ला निकाय यसबाट मुक्त हुने भन्ने कुरै भएन । भनिन्छ नि, मुहान नै धमिलो भएपछि खोला सफा हुन सक्दैन । हाम्रो मुहान नै धमिलो भएको छ ।
हिजो डिसेम्बार ९ मा संसारभर अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइयो । सन् २००३ बाट मनाउन थालिएको यो दिवसको अर्थ आम नागरिकमा भ्रष्टाचार विरुद्ध सून्य सहनशिलतको विकास गराउनु
हो । भ्रष्टाचारलाई नाईँ भन्न प्रेरित गर्नु हो । भ्रष्टाचार निवारण गर्न गठित निकायहरु निकम्मा भइरहका तथा जनताको आवाज बोल्नुपर्ने प्रमुख प्रतिपक्ष समेत निदाएका बेला अब नागरिक तहबाटै भ्रष्टाचार विरुद्ध आवाज बुलन्द गर्नु आवश्यक भै सकेको छ । आउनुहोस् भ्रष्टाचारलाई नाईँ भनौं । भ्रष्टाचार विरुद्ध सून्य सहनशिलताको विकास गरौै । भ्रष्टाचार मुक्त राष्ट्र निर्माणमा सबैले सहयोग
गरौं । यही आजको आवश्यकता हो ।

Related posts

शैलुन सञ्चालन गर्न देऊ सरकार, नदिए राहत र अनुदान देऊ

admin

स्थापना दिवसमा रक्तदान कार्यक्रम

admin

सहिद दिवसमा दोस्रो अल्ट्रा म्याराथान दौड नेपाली सेनाका खगेन्द्र बने विजेता

admin