20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

झडपको भत्र्सना गर्दै कांग्रेसद्वारा आन्दोलन घोषणाः

दमौलीः कांग्रेस जिल्ला कार्य समितिले घटनाको विरोधमा आन्दोलन घोषणा गरेको छ । उसले बिहिबारबाट चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको
छ । ‘शान्तिपूर्ण रुपमा हिंडडुल गर्न र भेला हुन पाउने संविधानप्रदत्त मौलिक हक माथि बन्देज लगाउने काम नेकपाको ईशारामा भएको छ,’ सचिव विश्व बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा गिरफ्तारी र प्रहरी दुव्र्यवहारको भत्र्सना गर्दै दमनबाट सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा घाइतेको स्वास्थ्यलाभको कामना पनि गरिएको छ । यस अघि पार्टी सभापति शेरबहादुर देउवाले पनि विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए ।
‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु,’ विज्ञप्तिमा छ ।

Related posts

नेपाल तरुण दल रिसिङको प्रथम अधिवेशन बुद्दिमान सर्वसम्मत निर्वाचित

admin

टुटेपानीमा अन्तरक्रिया

admin

परनिन्दक र परपिडक प्रवृत्तिको छिट्टै अन्त्य होस्

admin