22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने

दमौली/नेपाल सरकारले आफ्नो उपचार आफै गर्न नसक्ने स्वघोषणा गर्ने संक्रमितको मात्र पिसिआर टेष्ट सरकारले गर्ने निर्णय गरेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।
दशैंका समयमा केही दिन रोकिएर बुधबार भएको प्रेस ब्रिफिङ सो जानकारी गराइएको हो । आज बिहीबारदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो ब्रिफिङमा जानकारी दिए ।
अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । थप सूचना अफिसिएल वेवसाईटबाट लिन सकिनेछ ।

Related posts

ए यस्तो पो……..

admin

नयाँ कानूनमा सुविधाभारको व्यवस्था

admin

धर्मराउँदै उपलब्धी

admin