22.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

चण्डिदेवीका विद्यार्थीलाई स्वागत एवं बधाई

व्यास नगरपालिका–१० बैरेनी स्थित श्री चण्डिदेवी राष्ट्रिय मा.वि.का एसइइ व्याच २०७६ का विद्यार्थीहरुलाई स्वागत एवं बधाई कार्यक्रम सम्पन्न गरिएको छ ।
विश्वभरी फैलिएको महामारी कोभिड–१९ ले गर्दा सो स्वागत एवं बधाई कार्यक्रम बिलम्ब भएको विद्यालय श्रोतले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक प्रतिनिधि तोया गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै ढुंगानाले विद्यालयमा हाल उपलब्ध भएका विषय यहि अध्ययन गर्दा सबैको हित हुने भन्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुभएको थियो । त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष भिम प्रसाद ढकालले विद्यार्थीहरुको पढाई केहि समय अबरुद्ध रहेकाले मेहनत गरी पढ्नु पर्ने कुरा बताउनु भएको थियो ।
विद्यालयका प्र्रधानअध्यापक रामचन्द्र पोख्रेलले कोभिड–१९ का कारणले गर्दा कक्षा–११ लगायतका अन्य पठन पाठन प्रकृयामा अवरोध भएको भन्दै विद्यार्थीले यस वर्ष देखि पढ्न पाउने नपाउने विषयको बारेमा जानकारी दिनु भएको थियो । सम्पूर्ण शिक्षकहरुका तर्फबाट बोल्दै शिक्षिका लक्ष्मी पौडेलले धेरै समय पछि विद्यार्थीहरुसंग साक्षात्कार गर्न पाउँदा अत्यन्तै खुशी लागेको कुरा व्यक्त गर्नुभएको थियो ।
विद्यार्थीहरुका तर्फबाट आफुलाई ३.९ जिपिए सम्म ल्याउन सफल बनाउने विद्यालयलाई आफुले छोडेर कतै नजाने कुरा बताएकी थिइन ।
कार्यक्रममा विद्यार्थीहरुलाई फूलमाला, अबिरले स्वागत गर्दै ई–सर्टिफिकेट पनि वितरण गरिएको थियो ।
उक्त स्वागत एवं बधाई कार्यक्रमको संचालन कक्षा १० का कक्षा शिक्षक रामदत्त पौडेलले गर्नु भएको कुरा शिक्षक यम प्रसाद सापकोटले बताए ।

Related posts

न्याम्स र बिपी प्रतिष्ठानको उपकुलपति आफूअनुकूल बनाउन स्वास्थ्यमन्त्री यादव सक्रिय, बालुवाटारमा प्रधानमन्त्रीसँग चर्काचर्की

admin

शुभकामना आदान प्रदान

admin

कोरोना भाइरसले थपेको युवा भूमिका

admin