22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

नहर्कीको लाखौ तारा आकाशैमा

दमौली/पत्रकार अमरराज नहर्कीको शब्द रचना रहेको गिती एल्बम लाखौं तारा आकाशैमा युट्युव मार्फत संसार भर एकैसाथ रिलिज भएको छ ।
गायक नवराज थापाले संगितबद्ध गरेको गितमा गायक थापाले पहिलो पटक अभिनय गरेका छन् । उनलाई साथ दिएकी छन् आरती शर्माले र उनको पनि यो पहिलो म्युजिक भिडियो हो ।
हाइलाइट्स नेपालले सोमबारबाट बजारमा ल्याएको उक्त म्युजिक भिडियो व्यास नगरपालिकाका रमणिय स्थानहरुमा छायाँकन गरिएको छ । सुदिप पौडेलको निर्देशनमा तयार भएको भिडियोको छायाँकन रमेश शर्माले गरेका हुन् । गीतकार नहर्की तथा गायक थापाको विरानो देश नामक गिती एल्बमले पनि छोटो समयमा थुप्रै दर्शक श्रोताको माया पाएको थियो भने बजारमा आएको दुइ दिन बुधबार सांझसम्म लाखौ तारा आकाशैमालाई १३ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् ।
गीतका शब्दहरु मिठा छन् भने थापाको स्वर तथा संगित कर्णप्रिय लाग्छ ।
निर्देशन तथा छायाँकनमा राम्रो छ । नयाँ भएर पनि आरती र नवराज स्वाभाविक लाग्छन् ।

Related posts

कोरोना नियन्त्रणमा नागरिक पहल

admin

अचम

admin

देवानी संहिताले व्यवस्था गरेको अंश हक

admin