24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

तनहुँ उद्योग वाणिज्य संघको राहत

दमौली/तनहुँ उद्योग वाणिज्य संघले व्यवसायी भलाई एवं सम्मान कोष मार्पmत खैरेनीटार बजार इकाई समिति अन्तर्गतका साधारण सदस्य स्व. मेखबहादुर खत्रीका परिवारलाई राहत रकम प्रदान गरेको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ र संघका अध्यक्ष मानकाजी श्रेष्ठले संयुक्त रूपमा स्व. खत्रीका पत्नी उमा खत्री (ढुङ्गाना) लाई एक लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
यसै गरी तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई समितिका सभापति पूर्णबहादुर कायस्थले कोषमा आबद्ध हुन संघका सदस्यले एक पटक रू. दुई हजार रुपैयाँ मात्र बुझाउनु पर्ने र तत्पश्चात् जीवनभर कोषमा पैसा बुझाउन नपर्ने भएको हुँदा खैरेनीटार बजारबाट धेरै भन्दा धेरै व्यवसायीहरूलाई कोषमा आबद्ध हुनका लागि अनुरोध गरे ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त ज्वारचन लगायतको सहभागिता रहेको थियो । सोही कार्यक्रममा स्व. खत्रीका पत्नीले यस्तो अप्mट्यारोमा परेको बेलामा संघले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रम खैरेनीटार बजार इकाई समितिको सभाकक्षमा भएको थियो ।

Related posts

अल्ट्रा म्याराथनले पर्यटन प्रवद्र्धनमा सहयोग गरोस्-सम्पादकीय

admin

पूर्ण सरसफाईका लागि अन्तरक्रिया

admin

नेपाल रेडक्रस गण्डकी प्रदेशको दोस्रो बार्षिक साधारण सभा

admin