27.7 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

विपत्तीमा रेडक्रस

दमौली/असार २८ गते राती परेको अविरल बर्षका कारण तनहूँ जिल्लामा आएको विपत्तीमा परेको परिवारलाई नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले भौतिक रुपमा राहत सहित उपस्थित भएर, राहत सामाग्री पु¥याएर सहयोग गरेको छ । म्याग्दे गाउँपालिकामा ५५ सेट, ऋषिङ्ग–८ भैसीकिलीमा पाँच सेट, व्यास नपा–४ र ११, ढोरफिर्दी उपशाखा मार्फत ८ थान त्रिपाल रेडक्रसले हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस केन्द्रिय कार्यालयको सहयोगमा शाखाले यो सहयोग उपलब्ध गराएको हो । बाढी पहिरोमा परेर तनहुँमा ११ जनाको ज्यान गएको छ । सयौं परिवार विस्थापित भएका छन् । धानवालीमा नोक्सान पुगेको छ ।

Related posts

आदरणीय तनहुँबासी बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरूलाई एउटा खुल्ला पत्र!

Deepak Joshi

असहिष्णु बन्दै सत्ताधारीहरु र सिङ्गो सरकारी संयन्त्र

admin

ओली सरकारको दुइवर्ष-मलिन मुहार र बोलीमा सम्बोधन

admin