32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन नेपालले बन्दाबन्दी घोषणा गरेको एक सय दिन नघिसकेको । संक्रमणको प्रभाव पछिल्ला दिनमा झन बढ्दो रहेको छ ।
तनहुँमा दुई हजार ३ सय ४९ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । एक हजार सात सय ३० जनामा नेगेटिभ देखिएको छ । १४१ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
संकलित नमूनामा चार सय ७७ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । देशभरमा संक्रमित संख्या सोह्र हजार चार सय २३ पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित ३५ जनाको मृत्यू भएको छ भने निको हुनेको संख्या सात हजार ७ सय ५२ पुगेको छ ।

Related posts

तीज

admin

सभामुखलाई पत्रकार महासंघको ध्यानाकर्षण

admin

चितुवा समातिए तर त्रास कायमै छ, भानुमा

admin