25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

स्थानीय सरकारको बजेट सार्वजनिक

तनहुँ/जिल्लाका दशवटै स्थानीय सरकारहरुले बुधबार आर्थिक बर्ष २०७७÷ ०७८ को बजेट सार्वजनिकगरेका छन् ।
व्यास नगरपालिकाले अगामि बर्षको लागि अनुमानित लागत एक अर्ब ५३ करोडको बजेट प्रस्तुत गरेको छ । त्यसैगरी शुक्लागण्डकी न।पा। ले एक अर्ब सात करोड सात लाख ३७ हजार आठ सयको बजेट प्रस्तुत गरेको छ । भानु नगरपालिकाले ७८ करोड ९१ लाख १२ हजारको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
भिमाद नगरपालिकाले कूल ५६ करोड, ५३ लाख सात हजार सात बीसको बजेट प्रस्तावित गरेको छ । घिरिङ्ग गाउँपालिकाले ३३ करोड १७ लाखको बजेट प्रस्तावित गरेको छ । म्याग्दे गाउँपालिकाले ४७ करोड ५२ लाख २४ हजारको बजेट प्रस्तावित गरेको छ । देवघाट गाउँपालिकाले ४० करोड ७५ लाख ५८ हजारको बजेट प्रस्तावित गरेको छ । ऋषिङ्ग गाउँपालिकाले ५९ करोड ९७ लाख बराबरको बजेट प्रस्तावित गरेको छ । आँबुखैरेनी गाउँपालिकाले ५७ करोड २९ लाख ७ हजारको बजेट प्रस्तावित गरेको छ ।
बन्दिपुर गाउँपालिकाको हकमा भने समुदायमा कोभिड–१९ को संक्रमण बढेको कारण एक हप्ताको लागि बन्दिपुर सिल भएको कारण विषयगत छलफल नै नटुङ्गिएको कारण बजेटको प्रक्रिया अगाडि बढाउन नपाईएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनु भयो ।
नेपाल सरकारको बजेट, प्रदेश सरकारको बजेट जस्तै पालिकाको बजेट पनि विश्वव्यापी भएको कोभिड–१९ को संक्रमणको कारणले प्रभावित भएको छ । अघिल्लो बर्षमा हुन पर्ने खर्च हुन सकेको छैन । अनुमान गरिए बमोजिमको आय हुन नसकेको कारण आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रभावित भएको हो ।

Related posts

म सुकिलो कांग्रेस बन्न सकिनँ

admin

बालबालिका माथि हुने अत्याचार विरुद्ध एक मत बनौं

admin

भदौमै शुरु भयो सोह्र श्राद्ध मलमासले पन्ध्र दिन अघि सर्यो

admin