22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
साहित्य

आमा

अरुण पोख्रेल
घिरिङ्ग–१ अत्रौली, तनहुँ

खै कस्तो प्रहर हो यो जिन्दगीको बुझ्नै सक्दिन आमा
सात समुद्र पारि पर्देशिको अधिनमा बस्नै सक्दिन आमा
लौ आयो भन्छन् भ्यायो भन्छन् कोरोनाले सबै तिर,
सपनिमा तिम्लाई देख्दा रातभरि सुत्नै सक्दिन आमा
मातृभूमि मिच्यो अरे छिमेकिले, कालापनि नीर,
मैदानमा नाङ्गो खुकुरी नचाउँदै चिच्याउनै सक्दिन आमा
स्वाभिमानलाई थाति राखि, कहिले झुक्न दिन्न शिर,
देशलाई सम्झि परेलि भित्र तातो आशु थाम्नै सक्दिन आमा
फर्कि आउँछु मातृभूमि, मलाई सम्झि नलिनु है पिर,
बिडमबना पर्देशिको दुख पर्दा तिम्रा आशु पुछ्नै सक्दिन आमा ।

Related posts

मुक्तक

admin

देशको अवस्था-कविता

admin

पहिरो

admin