23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
Uncategorized

लकडाउनमा पनि मोटर बाटो निर्माण

आर्थिक बर्षभित्रै काम सम्पन्न गर्न मन्त्रीले देखाए चासो

काठेकोट अत्रौली खण्डको बेलघारी भन्ने ठाउँमा बुधबारको दृष्य –फोटो अरुण पोख्रेल

काठेकोट/काठेकोट अत्रौली साढे तीन किलोमिटरको मोटर मार्गको निर्माण कार्य लकडाउनको समयमा पनि जारी रहेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले यस आर्थिक बर्षभित्रै योजना सम्पन्न गर्नुपर्ने चासो देखाए पछि निर्माण कार्यले गति लिएको स्वकिय सचिव रोमाकान्त पोख्रलले बताए । मन्त्री गुरुङ्ग यही तनहुँको निर्वाचन क्षेत्र नं. २ को(ख) क्षेत्रबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
आ.ब. २०७६/०७७ मा काठेकोट अत्रौलीको रातमाटी हुँदै तिम्सिना घाटको झोलेङ्गे पुलसम्मको १४ सय ४० मिटर मोटर बाटो विस्तार गर्ने योजनाको निर्माण कार्यको जिम्मेवारी आफूले पाएको जगदम्बा कन्स्ट्रक्शनका सञ्चालक व्यवसायी जगत भट्टराईले तनहुँ आवाजलाई बताए ।
घिरिङ्ग गाउँपालिकाको वडा नंं २ काठेकोट र वडा नं. १ अत्रौली जोड्ने यो मोटर बाटोलाई सेक्शन हेरी ८ देखि ७ मिटर चौडा गराउने कार्यक्रम रहेको छ । निर्माण व्यवसायी भट्टराईले कति बजेटको योजना हो बताउन नसकेता पनि टेण्डर हुँदा २० लाखको टेण्डरमा एक किलोमिटर ग्रावेल यस आर्थिक बर्षमा गर्ने कार्यक्रम रहेको छ । आफ्नो क्षेत्रको निर्माण कार्यलाई चासो देखाउने क्रममा मन्त्री गुरुङ्गले शालिग्राम करिडोरको निर्माण कार्य पनि आफ्नै क्षेत्रबाट शुरु गराएका छन् ।

Related posts

स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित रहन तनहुँ कांग्रेसको आग्रह

admin

६५औं बर्षमा अरनीको मावि

admin

दशैँ भत्ता फिर्ताको सन्देश

admin