28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

विज्ञान शिक्षक समाजको वेवीनार

दमौली/विज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेशले एस्ट्रोनोकिमल सोसाइटीसंगको सहकार्यमा सोमबार इगत या तजभ धयचमि नामक वेविनार सम्पन्न गरेको छ ।

समाजका गण्डकी प्रदेशका सूचना संयोजक तथा विज्ञान शिक्षक समाज तनहुँका अध्यक्ष सुदिप आचार्यले दिएको जानकारी अनुसार जुम एप मार्फत सम्पन्न वेविनार गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुन को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वेविनारमा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाह विज्ञान शिक्षक समाजका केन्द्रीय अध्यक्ष खिलकुमार प्रधान, सचिव मनोज आचार्य तथा कोषाध्यक्ष देबेन्द्रकुमार कर्ण तथा सूचना अधिकारी डम्बरुप्रसाद पोखरेल र सातै प्रदेशका संयोजक एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक राजकुमार ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले प्रदेशको विज्ञान र प्रविधिको विकासमा सरकार समाजसंग हातेमालो गर्दै अगाडि बढ्न तयार भएको बताईन । ९९ जना विज्ञानकर्मी सहभागी वेविनारमा विचार राख्दै पूर्वमन्त्री शाहले बन्दाबन्दीकाबीचमा पनि समाजले देशभरका विज्ञान शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि प्रविधिको प्रयोग मार्फत गरेको प्रयत्न सह्राहनिय भएको बताए । कार्यक्रममा पोखरा एस्ट्रोनमिकल सोसाइटीका अनुसन्धानकर्मी अभियन्ता महेश ठकुरी र सविना गौतमले अन्तरिक्ष सम्बन्धी महत्वपूर्ण जानकारी गराउनुका साथै सहभागिहरुसंग अन्तरक्रिया समेत गरेका थिए ।
सूचना संयोजक आचार्यले सञ्चालन गरको कार्यक्रममा समाजका केन्द्रीय समितिका सदस्यहरुले समाजको कोरोना भाइरस डिजीज–१९ को अभियानका बारेमा जानकारी गराएका थिए । यो अभियान अन्तर्गत समाजले दुइ दर्जनजति कोरोना विरुद्धको सचेतना सम्बन्धी अडियो तथा भिडियो निर्माण गरेर विभिन्न समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको र उक्त सामग्री तीन लाख बढी दर्शक तथा श्रोताले हेरेको र सुनेको सूचना संयोजक आचार्यले बताए ।

Related posts

आवश्यकताले भन्दा पनि लहडमा खर्च

admin

परीक्षार्थीलाई शुभकामना

admin

अब टुंगो लगाउँ

admin