28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

गाउँवस्तीमा राहत पुग्यो

घिरिङ्ग/गा.पा.को वडा नं. १ मा राहत सामग्री पुगेको वडाध्यक्ष गंगाराम कुमाल बताउनु हुन्छ । चैत्रको २३, २४ र २५ गते गरेर १२० परिवारलाई राहत वितरण गरिएको छ । त्यसैगरी ऋषिङ्ग गा.पा.का प्रवक्ता विजय दरैले दिएको जानकारी अनुसार ऋषिङ्ग गा.पा.का आठै वडामा पहिलो चरणको राहत ६९९ घरपरिवारलाई वितरण गरिएको छ । राहत वितरण गर्नुपूर्व पालिकाहरुले समाजको भद्रभलाद्मी, बुद्धिजिवी सहित जनप्रतिनिधिहरुको सर्वपक्षीय वैठकले राहत पाउने विपन्न, दैनिक ज्यालादारी गर्ने मजदुर पहिचान गरी प्रतिव्यक्ति पाँच किलो, चामल, प्रति पाँचजनाको परिवारलाई २५ केजी चामल वितरण गर्ने नीति अनुसार वितरण गरिएको घिरिङ्ग–१ का वडाध्यक्ष गंगाराम कुमालले वताउनु भयो । ऋषिङ्ग गा.पा.का प्रवक्ता विजय दरैले दिनुभएको जानकारी अनुसार प्रतिपरिवार ३० केजीको एक बोरा चामल उपलब्ध गराइएको छ ।
राहतमा दाल, नून, तेल र सावुन पनि रहेको छ । प्रदेश सरकारबाट प्राप्त पाँच लाख र गाउँपालिकाको आन्तरिक स्रोतबाट राहत वितरणको व्यवस्थापन गरिएको पालिका स्रोतले बतायो । छुटपुटलाई उपलब्ध गराउने कायक्रम रहेको छ ।

Related posts

अस्ताउन लागेकाे गणतन्त्र, सिक्किमीकरणकाे त्रास र अबकाे बाटाे

admin

वेनीपाटनमा परशुराम

admin

पराशर आश्रममा पुनः श्रेष्ठ

admin