22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
साहित्य

कविता

केही थुंगा फुलका

युवराज पोख्रेल
बिरुवा गा.पा. ५, स्याङ्जा

१ जल विनाको कुनै ताल हुँदैन,
नफेरिएको कुनै साल हुँदैन,
मानिस विनाको कुनै देश हुँदैन,
परिवर्तन नहुने कुनै परिवेश हुँदैन ।

२ भाव विनाको कुनै गीत हुँदैन,
माया विनाको कतै प्रीत हुँदैन,
युद्ध नलडिकन कुनै जीत हुँदैन,
दुश्मनहरुसंग कदापी मीत हुँदैन ।

३ इमानमा बस्नेहरुसंग छलछाम हुँदैन,
बेइमानहरुको मन भित्र राम हुँदैन,
दुष्ट र भ्रष्टहरुसंग मर्म हुँदैन,
देश रुवाउनेहरुको कुनै धर्म हुँदैन ।

४ रात नढलिकन सुनौलो विहानी हुँदैन,
नलेखिएको यता कुनै कहानी हुँदैन,
आकाश विना बादल रहने ठाउँ हुँदैन,
व्याथामा नदुख्ने कुनै घाउ हुँदैन ।

५ मृत्युपछि मानिस फर्कने आश हुँदैन,
जीवन छंदै स्वर्गमा कसैको वास हुँदैन,
अग्लो पहाड झरेर यता बगर हुँदैन,
दुःख नपरी रुने कसैको रहर हुँदैन ।

Related posts

तीन मुक्तक

admin

गजल

admin

चट्याङ्ग चौतारी

admin