24.2 C
Damauli
September 29, 2026
Tanahun Awaj
साहित्य

नारी

पिपला ढुंगाना 

लिएर दायित्व
बढाएर जिम्मेवारी
सहेर उकुसमुकुस
जो चुपचाप मुस्कुराउँछे
आफ्ना हरुको लागि

खाली कसौँडिको आवाजलाई
निलेरै भन्छे म टन्न छु
न थाक्छे उ कहिल्यै
आफ्ना हरुको नजरमा
न दिक्क मान्ने अधिकार छ उसलाई
न सक्छे दौडिन बनेर स्वतन्त्र
किनकि पैतालाको चालले
नापिन्छ उसको स्वभाव

कड्किएर बिमति जनाउने अधिकार
उसै दिन गाडिन्छ सायद
उसको सालनाल सँगै
पैतालाका चालहरु
धिमे धिमे सुस्ताउँदै जान्छन्
उसको हुर्काइ सँगै
ठेकेदार हो उ
सम्पुर्णलाई खुसी पार्ने ठेक्का लिएकी
भलै मतलब गर्ने कोहि नहुँन्
उसको खुशीको

चाहना र भावनालाई कुल्चाएरै पनि
खुसी खुसी स्विकारोक्तिको भान छर्ने
महान् कलाकार हो उ
र त मुस्कुराउँछे
कुन्नि कुन शक्तिको भरमा
हो त्यही सत्य हो नारी

Related posts

बन्दी

admin

अनुदान -कविता

admin

देशको अवस्था-कविता

admin