28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

लायन्स क्लबको नेतृत्वमा भण्डारी

दमौली/लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा सरोज भण्डारी चयन भएका छन् । शनिवार व्यास –१४, केशवटार स्थित केशवटार होमस्टेमा भएको अधिवेशनबाट भण्डारी लायन वर्ष २०२०÷२१को लागि अध्यक्ष चयन भएका हुन ।
यसैगरी लायन्स क्लव अफ तनहुँ दमौलीको प्रथम उपाध्यक्षमा राजु राना, द्धितीय उपाध्यक्षमा बसन्त गिरी, तृतीय उपाध्यक्षमा ओमराज श्रेष्ठ, सचिवमा बिशाल पण्डित, सह–सचिवमा महेन्द्र रिजाल, कोषाध्यक्षमा शेषराज श्रेष्ठ र सहकोषाध्यक्षमा बसन्त जिसी चयन भएका छन् ।
अधिवेशनले एलसीआइएफ कोडिनेटरमा रामकृष्ण क्षेत्री, अध्यक्ष सल्लाहकारमा भगवान जोशी, टेमरमा प्रकाश थापा, खेलकुद संयोजकमा सुमिन मल्ल, जनसम्पर्क अधिकारीमा संगीत घिमिरे, कोषबृद्धि संयोजकमा बिजय घिमिरे, कार्यक्रम संयोजकमा भुपाल आले, सदस्यबृद्धि संयोजकमा हेमन्त श्रेष्ठ, संचार संयोजकमा बिनोद अधिकारी, स्वास्थ्य संयोजकमा संजीव अधिकारी, डाइरेक्टरमा देवराज पन्थ र बिरेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
सदस्यमा कमल गिरी, मान बहादुर रुचाल, रनिल रोका, गोपाल थापा, इसान श्रेष्ठ, सुमन भट्टराई, सुनिल अधिकारी, बिशाल श्रेष्ठ र बिपिन श्रेष्ठ रहेका छन् । लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’को अध्यक्षतामा भएको कार्यक्रममा क्लवले लायन वर्ष २०१९÷२० का अवधिमा संचालन गरेका लायन्स नयाँ वर्ष महाउत्सव, कपडा बैक, स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रमको समिक्षा गरिएको थियो ।

Related posts

वडाका वासिन्दालाई राहत

admin

छापा

admin

वैकल्पिक सिकाई क्रियाकलाप

admin