22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

घाँसीकुवामा दुर्घटना

दमौली/तनहुँ जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन् । भोर्लेटारबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख १७६७ नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३९०६ नम्बरको ट्रक घाँसीकुवास्थित एक घुम्तीमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालकसहित बसमा सवार ११ जना र ट्रकमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको दमौलीस्थित रत्नहरी अस्पताल र १० जनाको दमौली अस्पतालमा उपचार भइरहेकोछ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Related posts

निबृत्त शिक्षक समाज गठन

admin

देउराली नगर र झापुटार जोड्न पक्की पुल

admin

अभिभावक पुरस्कृत

admin