18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

सम्बन्ध विच्छेद, अंश हक र न्याय

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
साविक मुलुकी ऐनमा संहिताले केही परिवर्तन गरेपछि आमजनमानसमा पतिले सम्बन्ध विच्छेद मागेमा अंश दिन पर्दैन भन्ने खालको बुझाई रहेको पाईन्छ । कतिमा त पत्निले सम्बन्ध विच्छेद मागेपछि अंश दिन पर्दैन भन्ने बुझ रहेको पनि पाईयो । अर्को तर्फ संहिता आएपछि त पतिले सम्बन्ध विच्छेद माग्दा पनि सम्बन्ध विच्छेद हुन्छ भनेर पतिले सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्ने संख्या बढेको पनि पाइयो । पतिले मागेको सम्बन्ध विच्छेदमा कतिपय अवस्थामा सम्बन्ध विच्छेद भएका छन् । कतिपति अवस्थामा भएको छैन । यो द्वेध अवस्थाको विश्लेषण यहाँ गर्न खोजिएको छ ।
पतिले सम्बन्ध विच्छेद् माग्ने अवस्थाः
मुलुकी ऐनको व्यवस्था बमोजिम पतिले सम्बन्ध विच्छेद गर्नु पर्ने अवस्था आएमा सिधै अदालत जान पाईने व्यवस्था थिएन । संहिताले त्यो व्यवस्था गरेको छ । संहिताको व्यवस्था अनुसार–
१) पति पत्नि बीच अंश लिई वा मानो छुट्टिइ बसेको अवस्थामा,
२) पत्निले पतिको मन्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा,
३) पत्निले खान लाउन नदिई घरबाट निकाला गरेमा,
४) पत्निले पतिलाई शारीरिक वा मानसिक कष्ट दिएमा,
५) पत्निले अन्य पुरुषसंग यौन सम्पर्क राखेको ठहरेमा,
पत्निले सम्बन्ध विच्छेद माग्ने अवस्थाः
पत्निले पतिसंग सम्बन्ध विच्छेद माग्ने व्यवस्था त प्रचलित व्यवस्था हो । धेरै अभ्यास भएको छ । कतिपय अवस्थामा यस्ता मुद्धा सर्वोच्चसम्म पुगेर व्याख्या समेत भएको छ । संहिताले गरेको व्यवस्था यस्तो छ–
१) पति पत्नि बीच अंश लिई वा मानो छुट्टिइ बसेको अवस्थामा
२) पतिले पत्निको मन्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा
३) पतिले पत्निलाइ खान लाउन नदिई घरबाट निकाला गरेमा
४) पतिले पत्निलाई शारीरिक वा मानसिक कष्ट दिएमा ।
५) पतिले अर्को विवाह गरेमा ।
६) पतिले अन्य महिलासंग यौन सम्बन्ध राखेको ठहरेमा
७) पतिले पत्निलाई जवरवस्ती करणी गरेमा ।
उल्लेखित आधारमा पत्निले मागेको सम्बन्ध विच्छेद दावी पुग्ने गरी ठहराउने न्यायकर्तालाई जति सरल छ पतिले मागेको सम्बन्ध विच्छेदमा न्यायकर्ताले त्यति सरल रुपमा ठहराएको अभ्यास छैन ।
अंशको सवालः
अंशबण्डा नहुँदै अर्को विवाह गर्ने पत्निले अंश नपाउने कानूनी व्यवस्था छ । त्यसैगरी पत्निले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा । पत्निले पतिको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा पनि अंश दिनु पर्दैन । पत्निले अन्य पुरुषसंग यौन सम्बन्ध राखेको ठहरे पनि अंश दिन नपर्ने कानूनी व्यवस्था छ ।
निष्कर्षः
कानूनको भावनाको व्याख्या न्यायकर्ताले गर्नु नै पर्दछ । पतिले दायर गरेको सम्बन्ध विच्छेद मुद्धामा वादी दावा पुग्नेगरी न्याय पाउन कठिन छ । त्यस्तै कठिन छ पत्निले अंश नपाउने गरी सम्बन्ध विच्छेद हुने न्याय पाउन ।

Related posts

नेपाली काँग्रेस तनहूँको कार्यालयमा तोडफोड

admin

बृहद बैठकबाट क्षेत्रीय समिति

admin

विपद् व्यवस्थापनमा हामी सधै कच्चा किन ?

admin