Tanahun Awaj
Uncategorized

अभिभावक पुरस्कृत

कमलवारी/सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययरत २३ बालबालिकाका अभिभावक पुरस्कृत भएका छन् ।
विद्यालयका प्र.अ. नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बुधबार विद्यालयमा आयोजित कार्यक्रममा पुस्तकालयबाट सबैभन्दा धेरै पुस्तक लगि पढ्ने बालबालिकाका अभिभावकलाई पुरस्कृत गरिएको हो । कक्षा १ देखि ५ सम्म पढ्ने बालबालिकाका अभिभावकहरुले पुरस्कार पाएका हुन् ।
पढ्नका लागि कोठा कार्यक्रम अन्तरगत विद्यालयमा सञ्चालित साक्षरता कार्यक्रमलाई सहयोग गर्न पुस्तकालय स्थापना गरिएको छ । सोही पुस्तकालयबाट सबैभन्दा धेरै पुस्तक लगेर पढ्ने बालबालिकाका अभिभावकलाई पुरस्कृत गरिएको सहजकर्ता शुष्मा नागिलाले बताईन ।

Related posts

ए यस्तो पो……..

admin

शनिवार अधिवेशन

admin

मुक्तक

admin