23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
Uncategorized

सिद्धेश्वरीको ५१औं वार्षिकोत्सव शिक्षाले चेतना भर्छ ः पूर्वमन्त्री भण्डारी


कमलबारी/व्यास–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले आफ्नो ५१ औं वार्षिकोत्सव शनिबार भव्य रुपमा मनाएको छ ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले शिक्षाले चेतनाको विकास गर्ने र चेतनशिल नागरिक भएको ठाउँमा विकास निर्माणका काम तिब्र गतिमा हुने भएकाले शिक्षाको महत्व विकास निर्माणसंग गाँसिएको बताए । सामुदयिक विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै अहिले रहेको विद्यार्थी अभावलाई कम गर्नु पर्ने उल्लेख गरेका उनले फरक प्रसंगमा आफ्नो मन्त्रीपरिषदका सदस्यले कमिसनका लागि गरेको बार्गेनिङको अडियो रेकर्ड सुुनेर पनि कारवाही नगर्नै प्रधानमन्त्री ओलीको समेत नियतमा खोट भएको शंका व्यक्त गरे
कार्यक्रमका विशिष्ट अतिथी व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले विद्यालयको भौतिक विकासमा नपाले सकेको सहयोग गर्ने उल्लेख गर्दै शिक्षकहरुलाई विद्यालयको शैक्षिक विकासका काममा दत्तचित्त भएर लाग्न आग्रह गरे । कार्यक्रमका अर्का विशिष्ट अतिथी गैर आवासिय नेपाली संघ अमेरिकाका उपाध्यक्ष चिरन्जिवि पन्थले विद्यालयको शैक्षिक उन्नयनमा आगामि दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै ७० हजार नगद सहयोग हस्तान्तरण गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुसीराम कैनीको अध्यक्षतामा अयोजित समारोहमा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा स्थानीय स्वाग्दी वगालेटोल आमा समूहले विद्यालयलाई नगद रु १० हजार १० प्रदान ग¥यो । सोही अवसरमा विद्यालयका शिक्षकद्वय सिताराम नेपाली र शान्तिदेवी गौलीलाई विद्यालयको शैक्षिक उन्नयनमा उल्लेख्य योगदान गरेकोमा दोसल्ला तथा सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा गोविन्द कैनी, बद्री पाण्डे, दलबहादुर दुरा, अक्षयकोषका संस्थापक रमेश आचार्य, शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख विश्व रेग्मी, पूर्व विव्यस अध्यक्षहरु तुलक कैनी, गिता नहर्की तथा कल्पना सुर्खाली , पूर्वविद्यार्थी अमरराज नहर्की, विद्यार्थीद्वय शुशिला अछामी तथा सागर मौरतीले शुभकामना मन्तव्य राख्दै विद्यालयको शैक्षिक विकासको कामना गरेका थिए ।
आगन्तुकहरुलाई सहायक प्रधानाध्यापक सुदिप आचार्यले स्वागत गरेको कार्यक्रममा विव्यस सदस्य कोषन पन्थले धन्यवाद ज्ञापन गरेका थिए । उक्त अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र अधिकारीले विद्यालयको विकासमा सबैको सहयोगको आकांक्षा प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुले पिटी प्रदर्शन तथा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । शिक्षकहरु कृष्णचन्द्र पाण्डे र रुद्रराज कैनीको उद्घोषणमा कार्यक्रम सञ्चालन भएको थियो ।

Related posts

संसद पुनस्र्थापनाको तनहूँमा स्वागत

admin

भोलीबाट आदिवासी जनजाती महोत्सव

admin

राजनीति र अर्थव्यवस्था एक सन्दर्भ

admin