22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

५१औं बर्षमा निर्मल

भादगाउँ/निर्मल माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्वस तथा अभिभावक सम्मेलन बुधबार सम्पन्न भएको छ ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेका प्रमुख आतिथ्य एवं विव्यस अध्यक्ष तमबहादुर दरैको अध्यक्षतमा सम्पन्न कार्यक्रमा संविधान सभा सदस्य रामचन्द्र पोखरेल विशिष्ट अतिथी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख न्यौपानेले विद्यालयको भौतिक विकास भएको प्रति खुसी व्यक्त गर्दै अब गुणस्तरिय शिक्षा प्रदान गर्नतर्फ ध्यान दिन आग्रह गरे । विशिष्ट अतिथी रामचन्द्र पोखरेलले विद्यालयको निरन्तर प्रगतिको कामना गर्दै नमूना विद्यालयको साखलाई कायम राख्न गुणस्तरिय शिक्षा प्रदान गर्दै विद्यार्थीसंख्या बढाउने तर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, व्यास नगर शिक्षा प्रमुख नगेन्द्र रेग्मी, पूर्व प्रअ रमेशचन्द्र हड्खले, शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल, विद्यार्थीहरु आइशा पन्थ ,अलिशा वंशी र राजेश विक लगाएतले विद्यालयको शैक्षिक उन्नयनको कामना गरे ।

कार्यक्रममा विद्यालयका प्रअ गणेशचन्द्र वस्नेतले विद्यालयका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरम विभिन्न टोलविकास संस्था, शिक्षक, विद्यार्थी तथा सहयोगी संघसंस्थाहरुलाई सम्मान गरिनुका साथै वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएका विभन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक हरिभक्त सुवेदीले तनहुँ आवाजलाई बताए । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरेको कार्यक्रममा अतिथीलाई स्वागत विद्यालयका सहायक प्रअ बीरबहादुर वस्नेतले गरेका थिए भने सञ्चालन शिक्षक लोकराज सेढाँईले गरेका थिए ।

Related posts

पत्रकार कोषलाई सहयोग

admin

प्रेश युनियन देशव्यापी आन्दोलनमा

admin

देश अस्थिरताको भुमरीमा

admin