22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

पुनः विवाह गर्न पाउने कानुनी व्यवस्था

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
मुलुकी ऐन विस्थापित गरेर २०७५ भाद्र १ गतेबाट संहिता कानून लागू भएपछि देवानी संहिताले संसोधन पछि र अपराध संहिताले बहुविवाहलाई बदर हुने विवाह, दण्डनीय विवाहको रुपमा व्यवस्था छ । तर कानूनले पुनः विवाहलाई वैधानिकता प्रदान गरेको छ । यो व्यवस्था हाम्रो समाजले बुझ्न आवश्यक छ । पुनः विवाह र बहुविवाहको फरक, बहुविवाह गर्न नपाईने अवस्था, पुनः विवाह गर्न पाईने अवस्था हामी सबैको सरोकारको विषय हो । कानूनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने सिद्धान्तका आधारमा बहूविवाह गरे जेल बस्नु पर्दछ । तर पुनः विवाह गर्न पाईन्छ ।

बहूविवाहः
संहिता लागू हुनु भन्दा अघि बहूविवाह दण्डनीय थियो, तर बदर हुने व्यवस्था थिएन । संहिता लागू भएपछि बहूविवाह दण्डनीय पनि भयो । बहूविवाह गरेको ठहर भएमा जेल बस्नु पर्दछ । जेलबाट छुटेपछि पनि दोस्रो घरबारसंग दाम्पत्य जिवन यापन गर्न पाईदैन । त्यस्तो विवाह स्वतः बदर हुन्छ । त्यसै गरी देवानी संहिताले पनि महिलाबाट बच्चा जन्मदैमा स्वतः विवाह नमानिने अवस्थाका रुपमा बहूविवाह कायम हुने अवस्था भएमा स्वतः विवाह भएको नमानिने बताएको छ ।

पुनः विवाहः
पुनः विवाह भनेको बहुविवाह कायम नहुने अवस्थामा पहिले विवाह गरिसकेको भएपनि पुनः विवाह गर्न पाईने अवस्थालाई जनाएको छ । बहूविवाहमा पहिलो पत्नि छँदाछँदै अर्को पत्नि ल्याएको अवस्था हो भने पुनः विवाह पत्निले आफ्नोसुर गरेपछिको अवस्था हो । कानूनले निम्न आधारमा पुनः विवाह गर्न पाउने गरी व्यवस्था गरेको छ ।

क) विवाह बदर भएमा, सम्बन्ध विच्छेद भएमा, पत्निले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा । तर व्यवहारिकतामा पत्निले अर्को विवाह गरें भनेर अदालतमा उपस्थित भएर स्वीकार गर्दा पनि सम्बन्ध विच्छेद हुने गरी मिलापत्र गर्न दोस्रो पति पनि उपस्थित भएर स्वकिार गर्नुपर्ने अभ्यास हामीले गरेका छौं ।

ख) पति वा पत्निको मृत्यू भएको अवस्थामा भने पुनः विवाह गर्ने अभ्यास सहज रुपमा भएको पाईन्छ । परम्परागत संस्कारवादी सोंचमा पछिल्लो समयमा आएको परिवर्तनले विधवाले विवाह गर्ने सहज अभ्यास भएको छ । अझ अगाडि बढेर सासुससुराले छोरी सरह अन्माई दिएका समाचारहरु पनि आएकै हुन् ।

ग) पत्निले आफ्नो अंशभाग लिई भिन्न भै बसेको अवस्थामा पनि पुनः विवाह गर्न कानूनले छुट दिएको छ ।

निष्कर्षः
नेपाली संस्कारको पारिवारिक जीवन अब मुस्किल प्रायः भएको छ । विदेशी कानूनको प्रयोगभित्र नेपाली संस्कार पाउन सकिदैन, यद्यपी विधवाले विवाह गर्न पाउने मान्यतालाई समाजले सकारात्मक रुपमा ग्रहण गरेको पार्ईन्छ । हाम्रो संस्कार भने विलिन हुँदैछ ।

Related posts

टर्मीनल भवन शिलान्यास

admin

बाटोको दुरावस्थाले विद्यार्थी फर्कायो

admin

नेकपा भित्रको अन्तर कथा- चिसै पानीले नुहाउँदै दाहाल–नेपाल

admin