20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

व्यास नपाको ३२ औं नगर सभा सम्पन्न

दमौली/व्यास नगरपालिकाको ३२ औ नगर सभा शनिबार सम्पन्न भएको छ । सभाले विभिन्न विषयहरु माथि छलफल तथा आवश्यक संसोधन गरी पारित गरेको नपाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नगर सभाले प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको छ । यसका साथै उप–प्रमुख मिरा जोशीबाट प्रस्तुत आव २०७६/०७७ को संशोधित आयव्यय विवरण माथि छलफल गरी पारित गरेको छ । जस अनुसार आय तर्फ एक अर्व ४४ करोड ८२ लाख ७६ हजार ७ सय १७ रुपैयाँ रहेको छ भने व्यय तर्फ चालु र पुँजीगत खर्चगरी एक अर्व ४४ करोड ८२ लाख ७६ हजार ७ सय १७ रहेको छ ।

सभाले वडा नं ११ को खडककाली मार्गका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त ५ करोड स्वीकार गर्ने तथा नपाको तर्फबाट ५ करोड नै उपलब्ध गराउने निर्णय गरेका छ भने केशवटार मार्गका लागि प्राप्त सशर्त अनुदान स्वीकृत गर्न निर्णय पनि गरेको छ ।

नगर सभाले श्रीकृष्ण द्वैपायन व्यासको अवतरण भूमिको प्रचार प्रसारका लागि दमौलीमा हुन सञ्चालन भै रहेको विराट ज्ञानमहायज्ञ अन्तर्गत १०८ फिट अग्लो मुर्ती निर्माणका लागि आगामि वर्षको बजेटबाट रु १ करोड विनियोजन गर्ने प्रतिवद्धता समेत गरेको छ ।

यसैगरी व्यास अवतरण भूमिको पर्यटकिय प्रवद्र्धनको लागि आगामि वर्षदेखि खुल्ला व्यास गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुको साथै चैत पहिलो साता दमौलीमा हुन लागेको सनातन अन्तर्राष्ट्रिय हिन्दु गोष्ठी र फागुन पहिलो साता हुने जनजातिय सांस्कृतिक महोत्सवमा नपाको तर्फबाट आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

Related posts

संवैधानिक इजलासमा निष्पक्षताको प्रश्न

admin

विपद व्यवस्थापन समिति

admin

विरोध सभामा उपस्थितलाई कांग्रेसको धन्यवाद

admin