22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

देउसीभैलोबाट मन्दिर

चोकचिसापानी/भानु न.पा. वडा नं. १० स्थित जनजागृति मा.वि. को हाताभित्र बनेको सरस्वती मन्दिरको विहिबार उद्घाटन भएको छ ।

श्रीपञ्चमी सरस्वती पुजाको दिन माघ १६ गते नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र २०७५ सालमा खेलेको देउसीभैलोबाट प्राप्त गरेको आम्दानीबाट सो मन्दिरको निर्माण गरिएको हाम्रा सम्वाददाता बाबुराम खनालले बताएका छन् ।

कार्यक्रममा भानु न.पा. की उपमेयर आशा थापा, वडाध्यक्ष गोविन्द सिलवाल, सदस्य प्रेमराज उप्रेति, सविता उप्रेति समेतले बोलेका थिए ।

Related posts

महेन्द्रोदय माविको पूरानो भवन

admin

ऋषिङमा सदृढिकरण

admin

हंशबाहिनी मा.वि.को ६१ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

admin