Tanahun Awaj
Uncategorized

वी.पी. को विचार प्रचार गर्दा कारवाहीको धम्की दिनेहरुले कस्को संगठन गर्दैछन् ? –जोशी

बन्दिपुर/नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले बुधबार सबै निर्वाचन हार्दै गएको अवस्थामा चिन्तित बन्दिपुरका नेपाली काँग्रेसका कार्यकर्ता माझ पुगेर काँग्रेसको संगठन बलियो बनाउने घोषणा गरेका छन् ।
वी पी को विचार प्रचार गर्दै कार्यकर्ता माझ पुग्ने नेता कार्यकर्तालाई कारवाहीको धम्की दिने अहिलेको तनहुँको निमुखो काँग्रेसले कस्को संगठन गरिरहेको छ ? नेता जोशीको प्रश्न थियो ।

नेपाली काँग्रेस तनहूँको शुक्रबार सम्पन्न बैठक को निर्देशन भन्दै आईतवार विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति संकेत गर्दै जोशीले वी पी को विचारमा उभिएर काँग्रेस बलियो बनाउने अभियानमा जुटेका कार्यकर्तालाई कार्वाही गर्ने विज्ञप्ती निकालेर तर्साउनेहरुले नेपाली काँग्रेसलाई बलियो बनाउन नसक्ने ठहर गरेर नै आफूले सक्रियता देखाउनु परेको धारणा राख्दा कार्यकर्ता उत्साहि देखिएका थिए ।

२०५४ सालमा सभापति गिरिजाप्रसाद कोइरालाको पार्टीलाई पुरानै अवस्थामा पु¥याएर छाड्छु भन्ने घोषणा पछि नेपाली काँग्रेसलाई ११४ सिटमा विजय गराएको स्मरण गर्दै नेता जोशीले ‘वी पी को सिद्धान्तलाई नछोडेर मैले भनेको बाटोमा काँग्रेस हिडे अझै पनि ने. काँग्रेसले बहूमत ल्याउन सक्दछ’ भन्दा कार्यकर्ताको अनुहारमा आशाको किरण सञ्चार भएको देखिन्थ्यो ।

प्रत्येक पटक चुनाव हार्दा, जिल्लाको स्थानीय, प्रदेश, संघीय चुनाव हार्दा पनि जिम्मेवारी बोध नगर्ने, आत्मग्लानी नहुने लाज पचेको नेपाली काँग्रेस तनहुँको वर्तमान नेतृत्वबाट आएको कुनै पनि प्रकारको धम्की वा चेतावनीबाट विचलित नभै काँग्रेसको संगठन बलियो बनाउने अभियानमा जुट्न कार्यकर्ताहरुलाई जोशीले आव्हान गर्नुभएको थियो । झण्डै सयको संख्यामा रहेका कार्यकर्ता माझ जोशीले नेपाली काँग्रेस तनहुँलाई मिलाएर लाने आधार समेत बताउनु भएको थियो ।

बीस जना भन्दा बढीले सम्बोधन गरेको कार्यक्रमका सहभागिहरुले आफू जस्तै बलियो नेतालाई कमजोर बनाउन शक्ति खर्चदा आफै कमजोर हुने कुरा नेपाली काँग्रेसका नेताले नबुझेको, भागबण्डा माग्नेले दिन नजानेको, एमसीसी भनेको के हो ? प्रेस काउन्सील विधेयकले के संकेत गरेको हो ? काँग्रेसको सिद्धान्त अनुसार नेता कार्यकर्ताले आफ्नो आचारण देखाउन प¥यो, संगठनमा योगदान पु¥याएका कार्यकर्तालाई टिकट दिने, नेतृत्वमा ल्याउने मापदण्ड बनाउन प¥यो, काँग्रेसका नेताहरु केन्द्रदेखि मिलेर आउन प¥यो जस्ता धारणा राखेका थिए । कार्यक्रम वी.पि. विचार समाज तनुहँका सदस्य शुकुमलाल गुरुङ्गको सभापतित्वमा भएको थियो भने सञ्चालन परमेश्वर भट्टराईले गर्नुभएको थियो ।

Related posts

झण्डै पाँचघण्टा पृथ्वीराजमार्ग अवरुद्ध

admin

३५औं नगरसभाले आज पारीत गर्ने महत्वपूर्ण प्रस्तावहरु

admin

सामुदायिक प्रहरी सेवा केन्द्रको साधारण सभा सम्पन्न

admin