Tanahun Awaj
Uncategorized

अल्ट्रा म्याराथनले पर्यटन प्रवद्र्धनमा सहयोग गरोस्-सम्पादकीय

व्यास नगर पालिकाले अघिल्ला दुई वर्षमा जस्तै यस पटक पनि सहिद दिवसको अवसर पारेर मानुङकोट देखि पुलिमराङसम्मको अल्ट्रा म्याराथन आयोजना गर्दैछ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको म्याराथनले सहिदहरुको सम्मान हुने विश्वस पनि नगरपालिकाले लिएको छ । ४४ किमी लामो म्याराथनको आयोजनाले मानुङकोट र पुलिमराङको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास पनि नपाको छ । यसका साथै व्यास भूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन समेत म्याराथनले सहयोग पुग्ने विश्वास लिन सकिन्छ ।

वितेको दुइवर्षको सफल अयोजना, खेलाडीको उत्साहजनक सहिभागिता तथा सबैतिरबाट आएको सकारात्मक प्रतिक्रियाका कारण थप उत्साहित बन्दै आयोजना गर्न लागिएको तस्रो म्याराथनले खेलकुद पर्यटनको मात्र होइन अन्य आन्तरिक तथा वाह्य पर्यटनको विकासमा सहयोग गर्ने र स्थानीयको आर्थिक तथा समाजिक विकासमा सहयो गर्नुका साथै पर्यटन वर्ष २०२० लाई सफल बनाउन समेत उल्लेख्य सहयोग गर्नेछ ।

मानुङकोट र पुलिमराङको पर्यटन प्रवद्र्धनको कुरा गर्दै गर्दा स्थानीय आदिवासीले त्यसको लाभ लिन सकुन भन्ने बारेमा समेत सम्बन्धित पक्ष सचेत हुनु आवश्यक छ । मगर बहुल मानुङमा अब स्थानीयको भन्दा वाहिरका व्यापारिको जमिन बढी छ भन्ने खवरले मानुङको सभ्यता, संस्कृति र पहिचान गुम्ने चिन्ता आम रुपमा लाग्न थालेको छ । मानुङले आफ्नो पहिचान गुमाउने अनि सभ्यता र संस्कृतिको नष्ट हुनगरी पर्यटन प्रवद्र्धनमा गरिने प्रयास दीर्घकालिन हुने छैन । यस्तै पुलिमराङलाई पनि अतिक्रमणबाट जोगाउनु छ, मानुङलाई जस्तै ।

यि दुवै स्थानको सभ्यता, संस्कृति र पहिचान नगुम्ने गरी अनि स्थानीयलाई अपेक्षित फाइदा हुनेगरी गरिने पर्यटन विकासको प्रयत्नले मात्र सर्थकता पाउने छ अनि हाम्रो पर्यटनका माध्यमबाट समृद्धि नारा सार्थक हुनेछ । यसैले अहिलेलाई यति भनौं, म्याराथनले पर्यटन प्रवद्र्धनमा सहयोग गरोस् । म्याराथनमा उत्साहजनक सहभागिताको कामना ।

Related posts

गरिबी निवारणको विकल्प

admin

राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी

admin

ऋषिङ्गले बोकेको पर्यटकिय सम्भावना

admin