Tanahun Awaj
Uncategorized

मानुङमा नेपालको झण्डा फहराइने

पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास

दमौली/व्यास नगर युवा क्लब संजालको संयोजन एवं व्यवस्थापनमा प्रसिद्ध पर्यटकिय स्थल मानुङमा नयाँ वर्ष २०७७ को अवसर पारेर नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराईने भएको छ ।

व्यास नगरपालिकाको सभाकक्षमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार मानुङ डाँडामा पर्यटन प्रवद्र्धन गर्न र व्यास क्षेत्रलाई विश्वसामु चिनाउन मानुङकोटमा राष्ट्रिय झण्डा अभियान सुरु गरिएको हो । जनसहभागितमा राखिने ४५ फिट अग्लो झण्डा ७२ फिट अग्लो खम्बामा राखिने छ । ५ हजार भन्दा बढीको सहभागितमा रकम संकलन गरी कूल १९ लाख १२ हजार एक सय ७० रुपैयाँको लागतमा राखिने झण्डाका कारण मानुङ आउने आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास संजालले लिएको छ ।

व्यास नपाको मेयर तथा उप मेयरको समेत उपस्थितीमा आयोजित पत्रकार सम्मेलनमा झण्डा राख्ने कार्यले पछिल्लो समय देशको परिवर्तित राजनैतिक परिस्थितिबाट राष्ट्रियता, राष्ट्रिय झण्डा र राष्ट्रि प्रतिको मोह तथा आत्मियतामा प्रगाढ पन ल्याउने र थप आन्तरिक तथा बाह्य पर्यटनमा पनि वृद्धि ल्याउने विश्वास रहेका बताइएको थियो ।

व्यास नगरपालिकाको चिनारी मानुङकोटको माध्यमबाट देशै भर गराउने र राष्ट्रिय झण्डाको माध्यमबाट देश भक्तिको भावना विकास गराई राष्ट्रप्रति समर्पित नागरिक तयार गर्ने उद्देश्य अभियानको रहेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरु देखिने मानुङबाट दमौली बजारका अतिरिक्त व्यास गुफा, पराशर गुफा, साँगे फाँट, मादी–सेतीको संगमस्थल, माथिल्लो सेतीको ड्याम निर्माण स्थल तथा अन्य मनमोहक दृश्यहरु देख्न सकिन्छ । मानुङकोटमा झण्डा अभियानले भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने आशा समेत अभियानको अभियन्ता संस्थाको रहेको छ ।

Related posts

विस्तृत शान्ति सम्झौताका १३ वर्ष र पिडितको अवस्था

admin

अक्षयकोष स्थापना

admin

पत्रकार अन्तरक्रिया कार्यक्रम

admin