28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

ऋषिङमा सदृढिकरण

दानबहादुर श्रेष्ठ
ऋषिङ/नेपाली कांग्रेस ऋषिङ गाउँ पालिकाको संगठन परिचालन तथा सुदृढिकरण अभियान मंगलबार सम्पन्न भएको छ ।

पौष १६मा राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेका तनहुँले सबै स्थानीय निकायमा अभियानका लागि संयोजक तोकेको थियो । ऋषिङ गापाका लागि संयोजक महेश्वर भट्टराईको प्रमुख आतिथ्य एवं नेका ऋषिङका सभापति रामनाथ काफ्लेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अभियानका क्रममा बोल्दै संयोजक भट्टराईले वैचारिक मत भिन्नतालाई मन भिन्नतामा बदल्न नहुने बताए । उनले जनताको अधिकार रक्षा गर्न काग्रेस सदस्यहरु हरदम खट्नु पर्ने उल्लेख गरे । क्षेत्र नं २ का सभापति राजेन्द्रकृष्ण क्षेष्ठले पार्टीको संगठन विस्तारमा आफु निरन्तर लागी रहने बताउदै यसमा सबैको साथ र सहयोग आवश्यक हुने उल्लेख गरे । ने का तनहुँकी सदस्य पवित्रा पौडेलले पार्टी संगठनको आधार स्थानीय क्रियाशिल कार्यकर्ता भएकाले उनीहरुलाई विचारले दीक्षित तुल्याउनु आवश्यक भएको बताइन् ।

कार्यक्रममा बोल्दै ने का जिल्ला सदस्य निलवहादुर थापाले सरकार तानाशाहितर्फ उन्मुख भएको भन्दै सरकारको जनविराधी क्रियाकलापका विरुद्ध आवाज उठाउनु पर्ने बेला भएको बताए ।

Related posts

कोरोना कहरसंगै सलह सन्त्रास

admin

तनहुँ काँग्रेसको क्रियाशिलता फरक शैलीमा समानान्तर कार्यक्रम

admin

नेपाल तरुण दल रिसिङको प्रथम अधिवेशन बुद्दिमान सर्वसम्मत निर्वाचित

admin