26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

दुई साधारण सभालाई काँग्रेस नेता जोशीको सम्बोधन-खरो राजनीतिक र सन्तुलित भाषण

दमौली/काँग्रेसका नेता गोविन्दराज जोशीको यो साताको व्यवस्तता तनहुँमा रहेको छ । जोशीले तनहूँमा रहँदा दुई संस्थाको साधारण सभालाई सम्वोधन गरेका छन् । संस्थाको प्रकृति अनुसार जोशीको सम्बोधन रहेको थियो ।

नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको विचार र दर्शनको संरक्षण गर्दै प्रचार प्रसार गर्ने उद्देश्यका साथ गठन गरिएको वी.पी. विचार समाज तनहुँको नवौं साधारण सभालाई सम्बोधन गर्दा निकै आक्रामक रुपमा प्रस्तुत भएर राजनीतिक भाषण गरेका जोशीले तनहुँ सञ्चार सहकारी संस्थाको १२औं साधारण सभालाई सम्बोधन गर्दा भने सन्तुलित ढंगबाट सम्बोधन गरेका थिए ।

वी.पी. विचार समाज तनहुँको नवौं साधारण सभालाई मंगलबार दमौलीमा सम्बोधन गरेका जोशीको आफ्नो सक्रियतामा तनहुँको संगठनलाई बलियो बनाएको चर्चा गर्दै अहिले संगठन कब्जा गर्नेहरुले नेपाली काँग्रेसलाई संघका दुई सिट र प्रदेशका चार सिटमा पराजित गराएको आरोप थियो । जोशीले संगठनको जिम्मेवारी आफूले पाएका बखत छवटै सिटमा काँग्रेसका उम्मेदवारलाई विजयी गराएर देखाई दिने चुनौति काँग्रेस नेतृत्वलाई दिएका थिए ।

नेता जोशीले बुधबार तनहुँवासीलाई दमौली एफ एम र दमौली खबरका माध्यमबाट सूसूचित गराउने तनहुँ सञ्चार सहकारी संस्थाको १२औं साधारण सभालाई सम्बोधन गर्दा भने सञ्चार माध्यमले सबैलाई पठनीय सामाग्री प्रसारण तथा प्रकाशन गर्नुपर्ने, विज्ञापनदाताको भावनाको कदर गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

Related posts

चरी

admin

बहुविवाहको पृष्ठभूमिमा घरेलुहिंसा

admin

निर्मलाको नियती भागरथीले नभोगुन्

admin