23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

विशेष सम्पादकीय

तनहुँ आवाज साप्ताहिकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा मायाँ गर्नुहुने सम्पूर्ण पाठक वर्ग, शुभेच्छुक, विज्ञापन दाता, उद्यमी, व्यवसायी, लेखक, स्तम्भकार, राजनीतिकर्मि, शिक्षक, प्राध्यापक, पत्रकार, कानून व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मि, समाजसेवी लगायत सम्पूर्ण बर्ग, तह र तप्कामा रहेर तनहुँ आवाजलाई पढ्नु हुने, मायाँ गर्नुहुने महानुभावहरुमा २०७६ मंसिर ११ गतेबाट २३ बर्ष पुरा गरी २४औं बर्षमा प्रवेशको यो सुखद क्षणमा जन्मको हिसाबले तनहूँकै जेठो, हालको बर्गिकरणबाट तनहुँकै एक मात्र ‘क’ बर्गमा परेको पत्रिका भनेर चिनाउँन पाउँदा हाम्रो सञ्चालक टिमले आफूलाई गौरवान्वित महसुस गरेका छौं ।

हामीहरुको अथक प्रयास, विज्ञापनदाताहरुको मायाँ, लेखक, स्तम्भकारहरुको सहयोग, सद्भाव, ग्राहक बर्गको सहयोग, पाठक बर्गहरुको मायाँले हामीलाई आज यो स्थान र अवस्थामा निरन्तर अगाडि बढ्ने प्रेरणा मिलेको छ । यो सुखद क्षणमा यो तनहूँ आवाजलाई जन्माउन अथक प्रयास गर्नुहुने संस्थापक सम्पादक कमलामोहन वाग्ले, कार्यकारी सम्पादक शिव शर्मा, व्यवस्थापक भक्त खनाल लगायत मुक्तिनाथ खनाल, प्रदीप काफ्ले, कृष्ण खनाल, नारायण रिजाल, रजिनलाल श्रेष्ठ, दिनेश श्रेष्ठप्रति सद्भाव प्रकट गर्न चाहन्छौं । साथै यो पत्रिकालाई निरन्तरता दिने चरणमा अदम्य उत्साहका साथ कार्य थालनी गर्नुहुने मदन वाग्ले, शिवहरि धिताल, अमरराज नहर्कि, रविन पौडेल, विष्णु मास्की, पवन पौडेल, रामहरि तिवारी, अमृत सुवेदी, नविन पौडेल, सरोज पोख्रेल, अमित पोख्रेल शिवा आले, लक्ष्मी पोख्रेल, लगायतका थुप्रै सहकर्मिहरुले पु¥याउनु भएको योगदानप्रति २४औं बर्षप्रवेशको सुखद क्षणमा समग्र सम्पादन मण्डल स्मरण गर्न चाहन्छ ।

तनहुँ आवाजले पाठक बर्गहरु समक्ष प्रस्तुत गरेका पाठ्यसामाग्री समाचार टिप्पणीमा रचनात्मक सुझाव, विज्ञापन, सूचना एवं सद्भाव दिएर अगामि दिनमा पनि निरन्तरताको सामथ्र्य प्रदान गरिदिनु सम्बद्ध सबैसंग अपेक्षा राख्दछौं ।

Related posts

सुविधासम्पन्न नेता – दुर्बल कर्मचारी र जनता

admin

सतर्कता अपनाउन व्यास नपाको अनुरोध

admin

जोखिममा नेपाली भूमि, भावना र भविष्य

admin