22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

ऋषिङका विभिन्न ठाउँमा विजुली

ऋषिङ्ग गाउँपालिका वडा नं. ४ स्थित दुलेगौंडा ,पालिङटार, राम्चे , सिर्कोट, मधुबन लगायत क्षेत्र समट्ने गरि प्रशारण हुने बिजुली बत्ती एक समारोहका बिच गत साताबाट औपचारिक सुचारु गरियो ।

रिसिङ गाउँपालिका वार्ड न ४ का अध्यक्ष भोजराज रानाभाट को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका क्षेत्रिय सभापति एवं ऋषिङ्ग गाउँ पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, बिशिस्ट अतिथि गाउँ पालिका उप प्रमुख गिनु थापा, नेपाल विद्युत प्राधिकरण तनहुँका प्रमुख कपिलराज पाण्डे , नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य मोहन गिरी लगायत सहभागी हुनुहुन्थ्यो ।

तनहुँको दुर्गम भनिने यो गाउँमा विद्युत सेवा पुगेसंगै जनप्रतिनिधिले निर्वाचनका बेला मतदातासंग गरेका बाचाहरु क्रमशः पुरा गर्ने र बिकास का कार्यहरुमा स्थानिय सरकार अरु माथिल्ला निकाय भन्दा बढि अग्रसर रहेको अनुभुति स्थानीयले गरेका छन् । नेपाली कांग्रेसको नेतृत्व मा रहेको अन्य पालिका जस्तै रिसिङ गाउपालिकामा पनि जन पक्षीय कार्य भैरहेको आभास हुुँदै आएको स्थानीयको भनाई रहेको छ । सोहि अवसरमा गाउँपालिकाले वडा नं ४ को सिर्कोट बस्तीमा केहि थान डस्ट्बिन समेत वितरण गरेको थियो ।

Related posts

कांग्रेस सभापतिद्वारा विभिन्न विभाग गठन तनहुँका भण्डारी, भट्टराई र वाग्ले समेटिए

admin

सहकारी र किस्ता प्रकोप

admin

कोरोना कहरसंगै सलह सन्त्रास

admin