25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

ऋषिङमा संविधान दिवस

कोटदरबार/ऋषिङ गाउँ पालिकाले संविधान दिवसको अवसर पारेर शुक्रबार विविध कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित संविधान दिवस सम्बन्धी कार्यक्रममा वृद्धवृद्धालाई फलफूल वितरण तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्रि वितरण गरिएको हो । यस अघि स्थानीय नागरिक, विभिन्न विद्यालयका विद्यार्थी तथा विभिन्न राजनैतिक दलका प्रतिनिधि सहभागी भई संविधानका विशेषता उल्लेखित प्लेकार्ड तथा व्यानर सहित शिवसरस्वती मावि देखि गाउँ पािलका कार्यालयसम्म ¥याली प्रदर्शन गरेका थिए ।

¥याली पछि आयोजित कार्यक्रममा फलफूल तथा अपाङ्गता सहायक सामग्री वितराण गर्दै अध्यक्ष श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको दैनिकी सजिलो बनाउन गाउँ पालिकाले सहायक सामग्री वितरण गरेको बताए । उनले गाउँ पालिकाले विकास निर्माणका काममा काखा पाखा नगरेको र आगामी दिनहरुमा पनि समानुपातिक विकासका लागि आफु लागि पर्ने उल्लेख गरे ।

गाउँ पालिकाका प्रशासकिय अधिकृत चण्डिका पौडेलले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारहरुबारे जानकारी गराउने र अधिकारको प्रयोगमा सक्षम गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा वडा नं ७ का अध्यक्ष जंगबीर आले, नेविसंघ तनहुँका अध्यक्ष चुडामणी खनाल, नेपाली कांग्रेस ऋषिङका संयोजक रामनाथ काफ्ले, नेकपाका नेता गञ्जसीं गुरुङ, ऋषिङ गाउँ पालिका शिक्षा विभाग प्रमुख विश्वराज अधिकारी, शिव माविका प्रधानध्यापक विष्णुप्रसाद बराल, श्रृङ्ग माविका प्रअ टंकबहादुर थापा, बालशिक्षा निकेतन माविका प्रअ ढाकाराम पौडेल तथा अमर निमाविका प्रअ चन्द्रकुमार श्रेष्ठलागाएतले संविधानको विशेषतामाथि प्रकाश पारेका थिए । गाउँ पालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा १५ जना सुनाई समस्या भएकालाई श्रवणयन्त्र, १५ दृष्टी सम्बन्धी समस्या भएकालाई सेतो छडि र दुइजना लाई ह्वील चियर वितरण गरिनुका साथै अपाङ्गता परिचय पत्र वितरण कार्यको शुभारम्भ समेत गरिएको थियो । गाउँ पालिकाका अनुसार पालिका भरी ३२० अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
गाउँ पालिकाकी उपाध्यक्ष गिनुमायाँ थापाले आगन्तुकहरुलाई स्वागत गरेको कार्यक्रममा बृद्धबृद्धालाई फलफूल समेत वितरण गरिएको थियो ।

Related posts

बत्ती नभएको दुर्गम गाउँमा अण्डा उत्पादन

admin

समयले ल्याएको परिवर्तन

admin

वर्णक्रान्तिका नायक र खलनायक

admin