Tanahun Awaj
Uncategorized

सामुदायिक तर्फ एसईईमा सत्यवती उत्कृष्ट

दमौली/एसईई परीक्षा २०७५ मा तनहुँ जिल्लाबाट सहभागी सामुदायिक विद्यालयहरु मध्ये दमौली स्थित सत्यवती माध्यमिक विद्यालय उत्कृष्ट हुन सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उत्कृष्ट विद्यालय छनौट मापदण्डका आधारमा तनहुँ जिल्लामा सर्वाधिक ७६.९५ अंक ल्याएर सत्यवती मावि उत्कृष्ट भएको हो ।

तनहुँबाट उत्कृष्टमा परेका ६ सामुदायिक विद्यालयहरुमा सत्यवतीका अतिरिक्त पञ्चमुनीदेव मावि ७४.९८ अंक सहित दोस्रो, दीपक मावि ६९.५८ अंक सहित तस्रो, रामशाह मावि आँबुखैरेनी ६९ अंक सहित चौथो, खैरेनी मावि ६६.४४ अंक सहित पाँचौ र जनज्योती मावि ६५.७५ अंक सहित छैटौं हुन सफल भएका छन् । संस्थागत विद्यालय तर्फ ब्राइट फ्युचर मावि ८६.१४ अंक सहित पहिलो, व्यासदिव्य ज्योती मावि ७९.३१ अंक सहित दोस्रो र अरनिको मावि ७८.८० अंक सहित तेस्रो हुन सफल भएका छन् । यि सबै विद्यालयलाई ४० औं शिक्षा दिवसको अवसरमा पुरस्कृत गरिएको छ ।

Related posts

माहिन्द्रीको ४६औं बार्षिकोत्सव

admin

बीपीको पदचाप पछ्याउलान् कांग्रेस युवा नेताले ?

admin

२०८१ कार्तिक १ गतेको तनहुँ आवाज

admin