Tanahun Awaj
Uncategorized

निःशुल्क कानूनी उपचारको प्रयोग

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
नेपाली सरकारले आर्थिक अभावमा न्यायीक प्रतिरक्षा गर्न नसकेर न्यायबाट बञ्चित हुनु नपरोस भनेर न्याय पालिका तर्फ वैतनिक कानून व्यवसायीको व्यवस्था गरेको छ । त्यसैगरी कानूनी सहायता समितिको व्यवस्था गरेर न्यायीक उपचारको व्यवस्था गरेको छ । आजका मितिसम्म आउँदा साँच्चै यो सेवा निसायले मात्रै लिएका छन् कि पहुँचवालाले पनि लिएका आम सरोकारको विषय भएको छ ।

मापदण्ड छैनः
आर्थिक हैसियत क्षमताको मापदण्ड केही छैन । अथवा भएको मापदण्डको कार्यान्वयनमा आएको छैन । कारमा चढेर आउने, हातमा घाँटीमा सुनको सिक्री होइन साँङ्लो लगाउनेले पनि वैतनिक कानून व्यवासयीको सुविधा सरकारी बृत्तमै चर्चाको विषय बनेको छ । उता कानूनी सहायता पनि सिफारिस माग्ने सबैले त्यो सुविधा पाएको चर्चा चल्न थालेको छ ।

कानून व्यवसायी मौनः
अहिले एउटा बृत्तमा कानून व्यवसाय गरेर बसेका कानून व्यवसायीहरु आफ्नो व्यवसायमा संकट निम्त्याउने गरी राज्यले प्रदान गरेको सुविधाको दुरुपयोग हुँदा किन मौन छन् ? भन्ने चर्चा चल्न थालेको छ । कानून व्यवसायीहरुको हक हित अधिकार संरक्षण गर्न बनेको नेपाल बार एशोसिएशनहरु पनि आफ्नै व्यवसायको मर्यादा र सम्मानको संरक्षण गर्नका लागि भन्दा विचौलिया मनोविज्ञानमा आनन्दित हुँदा आलोचित बन्न पुगेको पनि चर्चा चल्न थालेको छ ।

समाज वेखबरः
आर्थिक रुपले विपन्नहरुले पाउनु पर्ने सुविधा उनिहरुले लिन पाएका छैनन् । कारण राज्यले उपलब्ध गराएको त्यो सुविधाको बारेमा वेखबर छ । जतिले थाहा पाए र निःशुल्क कानूनी उपचारको सुविधा लिए, त्यो भन्दा पनि पहूँचवाला र धनाढ्यले पनि निःशुल्क उपचारको स्विधा दिलाए । आम नागरिक पनि पाउनु पर्नेलाई सुविधा दिनलाई र निःशुल्क उपचार लिन नसुहाउने लिएको अवस्थामा उसलाई लज्जित तुल्याउनमा सक्रिय हुने हो भने राज्यको नीति सही रुपमा लागू हुन्थ्यो । पहूँच नभएकाहरुले राज्यले दिएको सु्विधा पाउने थिए । पहुँच भएकाहरु आर्थिक रुपमाले सम्पन्न वा निःशुल्क कानूनी उपचारको सुविधा लिन नपर्ने, नसुहाउनेले लिनबाट हिच्किचाउने थिए ।

विश्वास कमः
निःशुल्क कानूनी उपचार भने पछि केहीको मनोविज्ञान राम्रो हुँदैन भन्ने रहन्छ । त्यो भ्रम हो । सशुल्क कानूनी उपचार जस्तै निःशुल्क सेवा पनि भरपर्दो, न्यायपूर्ण र जिम्मेवार हुन्छ ।

निष्कर्षः
निःशुल्क कानूनी उपचार लिन सक्षमहरुले लाज मान्नु पर्दछ । कारमा सवार गर्ने, सुनको साँङलो र हार लगाउने अनि निःशुल्क सेवा लिने गर्नु पहिलो लज्जा हो । अनि राष्ट्रप्रतिको धोका ।

Related posts

बिगो भराउने कार्यविधि

admin

विद्यार्थीको शिक्षण अनुभव

admin

राष्ट्रपति ज्यू लज्जापनि लजायो

admin