30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

मंगलादेवी स्मृति दिवस-महिला प्रतिनिधित्व खोज्दै कांग्रेस

दमौली/नेपाल महिला संघ क्षेत्र नं १ को अयोजनामा दमौलीमा महिला नेतृ मंगलादेवी सिंहको २३ औं स्मृति दिवस तथा नेपाली कांग्रेसको संसोधित विधान र पार्टी संगठनमा महिला प्रतिनिधित्व विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महिला संघ क्षेत्रिय कार्य समितिकी सभापति वृन्दा रानाभाटको सभापतित्व र व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले मंगलादेवी सिंहको योगदानको चर्चा गर्दै पार्टीको संसोधित विधानमा सदस्यताका प्रकार, सदस्यता प्राप्त गर्ने विधि, नेपाली कांग्रेसका तह र संगठन तथा महिला प्रतिनिधित्व विषयमा सहभागीलाई जानकारी गराएका थिए । न्यौपानेले नेपाली कांग्रेको संशोधित विधान अनुसार दुई प्रकारका सदस्यता रहने जानकारी गराउँदै साधारण सदस्यता लिएको एक वर्षपछि मात्र क्रियाशिल सदस्यता लिन पाउने व्यवस्था विधानले गरेको बताए । उनले पार्टीका सबै तहका संगठनमा ३३ प्रतिशत महिला प्रतिनिधित्व विधानले नै सुनिश्चित गरेको उल्लेख गर्दै कांग्रेसको सशक्तिकरणमा महिलाको महत्वपूण भूमिका रहेको र आगामि दिनमा पनि रहने विश्वास व्यक्त गरे ।

विशिष्ट अतिथी एवं पूर्व सभापति धु्रव वाग्लेले नेपाल महिला संघको स्थापनामा मंगलादेवी सिंहको योगदानको स्मरण गर्दै सिंहको त्याग र बलिदानबाट अहिलेका महिलाले सिक्नु पर्ने बताए । वाग्लेले सिंहको अथक योगदान र प्रयासका कारण महिला संघको स्थापना हुन सकेको उल्लेख गरे । नेपाली कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको आदर्श भएको उल्लेख गर्दै प्रजातान्त्रिक आन्दोलनहरुमा नेपाली महिलाको योगदानको स्मरण गरे । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव विश्व वास्तोला, जिल्ला समन्वय समितिकी उप प्रमुख पवित्रा पौडेल, नेपाल महिला संघकी सशी आचार्य लगाएतले मन्तव्य राख्दै महिला राजनीतिमा आउनु कठिन मात्र नभई असम्भव जस्तै रहेका बेला राजनीतिमा होमिएर नेपालको प्रजातान्त्रिका आन्दोलनमा मंगलादेवी सिंहले अविष्मरणिय योगदान गर्नु भएको उल्लेख गरे । बीपी स्मृति भवनमा मंगलबार आयोजित प्रशिक्षण कार्यक्रममा जिल्लाभरका महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो । राधा न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुलोचना पण्डितले गरेकी थिइन् ।

Related posts

विद्यालय मर्ज, समस्याको समाधान होइन

admin

अचम

admin

अचम

admin