16.2 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

युवा दिवशको सान्दर्भिकता

नेपालले सन् २००४ देखि र संसारका अन्य मुलुकमा सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट १२ मा विश्व युवा दिवस मनाईँदै आएको छ । यो दिवस मनाउनुको अर्थ युवाका सवाललाई सही रुपमा सम्बोधन गर्न सकियोस वा युवाका आवाजहरु राज्य सञ्चालकहरु सम्म पुगोस् भन्नु नै हो । यस वर्ष नेपालले शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन भन्ने नाराका साथ देशभर विश्व युवा दिवस मनाएको छ, तीन दिन अगाडि ।

युवा दिवस मनाउँदै गर्दाको कल्पना गर्ने हो भने कार्यक्रममा प्रौढ र बालबालिका मात्र हुने हुन् कि भन्ने चिन्ता लाग्नु स्वाभाविक लाग्न थालेको छ । देश भित्र रोजगारीको अभावमा दैनिक हजारौ युवा विदेशिन वाध्य छन् । सुनौला धान फल्ने फाँटहरु युवाको अभावमा बाँझै हुन थालेका छन् । केही वर्ष अघिसम्म खाध्यात्र निर्यात गर्ने देश नेपाल अहिले खाध्यात्रको प्रमुख आयातकर्ता बत्र पुगेको छ । गाउमा बालबालिका र बृद्ध–बृद्धा मात्र छन् । गाउँमा न दशैंमा पिङ देख्न पाईन्छ न त तिहारमा देउसी भैलोको रौनक नै छ । रोपाईँमा गोरु दौडाएर रमाइलो गर्ने युवा अब गाउँमा छैनन् । विबाहका जन्तीमा युवा देखिन छाडे भने मलामीको अभावमा आफन्तको मृत शरिरको कसरी अन्त्यष्टी गर्ने भन्ने चिन्ता गाउँमा व्याप्त छ । आपद् विपदमा झट्ट निस्केर सघाउन अघिसर्ने मानिसको अभावले गाउँ पिडित छ ।

गरी खाने युवा समूहले पराई भूमिमा रगत पसिना बगाएर पठाएको रेमिट्यान्समा राज्य रमाइरहेको बिडम्वनापूर्ण यथार्थ हाम्रा सामु छ । देशमा रोजगारीको सृजना यथार्थमै गर्ने र युवा शक्तिलाई विदेशिनबाट रोक्ने योजना वर्तमान राजनैतिक नेतृत्वमा देखिएको छैन । बरु निर्वाचनका बेला स्वदेशमै रोजगारी सृजनाको भाषण गरेर भोट बटुल्न सजिलो हुने भएकाले वास्तवमै रोजगारीका अवसरहरु सृजना हाम्रा नेताको प्राथमिकतामा छैन भत्रे बुझ्न अब कोही बाँकी छैन होला ।

हाम्रो राजनैतिक नेतृत्वले अब बुझ्न ढिला गर्न नहुने पहिलो कुरा– सधै झुठको राजनीति चल्दैन । दोस्रो कुरा– यदि आफुलाई साँच्चै राष्ट्रवादी ठान्ने हो भने स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्ने, स्वरोजगार सम्बन्धी तालिम प्रदान गर्ने, शैक्षिक प्रमाण पत्रको आधारमा ऋण प्रदान गर्ने, कृषि पेशामा लाग्न चाहने युवालाई कृषि औजार तथा मल र बीउमा सहुलियत प्रदान गर्ने, श्रमप्रति सम्मान जगाउने खालका शिक्षा प्रदान गर्ने काम गर्नु अत्यन्त जरुरी भईसकेको छ । हाम्रो नेतृत्वले यी कुरा बुझ्न ढिलो गर्दा एकातिर उनीहरुको साख गिर्छ भने अर्काे तिर देशको अर्थतन्त्र दिन प्रतिदिन ओरालो यात्रा तर्फ लाग्छ । ओरालो यात्रा तर्फ लागेको अर्थतन्त्रको बलमा सरकारले भत्रे गरेझै समृद्ध नेपाल सुखि नेपालीको सपना पूरा हुन सम्भव हुने छैन । सम्बन्धित सबैको यतातर्फ समय छँदै ध्यान जाओस् । यस अवसरमा सम्पूर्ण युवाका लागि स्वदेशमै प्रसस्त संभावना र अवसर सिर्जना गर्न जनवादी सरकारको सद्बुद्धि पलाओस् – हाम्रो शुभकामना !

Related posts

कस्ता जनप्रतिनिधी ?

admin

परिषद पार्षदमा तनहु केन्द्रबाट दयाराम गौतमलाइ ४० र नारायणप्रसाद शर्माले ३१ मत एक मतदाताले दुबै उम्मेदारलाइ दिए मत

admin

जापानी विद्यार्थीको सहयोग

admin