22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

साउनमा SEE पुरक परीक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ । परीक्षा विहान ८ ः०० देखि ११ ः ०० सम्म सञ्चालन हुने छ ।  एक विषयमा मात्र ग्रेड बृद्धिका लागि परीक्षा दिन चाहनेहरुका लागि २६ गते परीक्षा मिति तोकिएको छ भने दुइवटा विषयको परीक्षा दिने विद्यार्थीले सानो कोड भएको विषयको परीक्षा २६ गते र ठूलो कोड नं भएको विषयको परीक्षा २७ गते तोकिएको छ ।

कुनै विद्यार्थीले अंग्रेजी र गणित विषयमा ग्रेड वृद्धिका लागि परीक्षा दिने हो भने अंग्रेजीको विषय कोड १०१ भएकाले पहिलो दिन परीक्षा दिन्छ भने गणित विषयको कोड ठूलो अर्थात १०९ भएकोले दोस्रो दिन अर्थात २७ गते गणित विषयको परीक्षा दिन्छ ।

Related posts

तीज

admin

हाम्रो चाहना विस्तारवाद युगको समाप्ती

admin

न्यायाधीश आफैले गर्नुपर्ने काम

admin