20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

व्यास नपाको स्थानीय तहपछिको ५आंै नगर सभा

शिक्षा,पूर्वाधार, कृषि, विकास प्राथमिकतामा

व्यास नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पूर्वाधार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास तथा सामाजिक सुरक्षाको प्रत्याभूति, उत्पादनमुलक उद्योगमैत्री कार्यक्रम र मानव संसाधनको विकास अनि सुशासनको प्रत्याभूति दिलाउने गरी आगामी आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मीरा जोशीले नगरपालिकाको समतामूलक विकास र समृद्धि हासिल गर्न योजनाको आधारपत्र, नेपाल सरकार, गण्डकी प्रदेश सरकारको समष्टिगत आर्थिक नीति, दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि अन्तर्रा्ष्ट्रिय मान्यता र विषयगत गुरुयोजनाका प्रस्तावलाई मार्गदर्शनको रुपमा लिइएको बताइन् ।

यसैबीच आव २०७६ ७७ का लागि नगरपालिकाले एक अर्ब ३८ करोड तीन लाख २५ हजार रुपैयाँको आय– व्यय विवरण बजेत प्रस्तुत गरेको छ । मंगलबार प्रस्तुत बजेटमा शिक्षातर्फ सबैभन्दा धेरै ३८ करोड ६० लाख ३६ हजार विनियोजन गरिएको छ । यसैगरी सडक र नालातर्फ नगरस्तरीय आयोजनाहरु र वडास्तरीय आयोजनाका निम्ति २७ करोड २३ लाख ६५ हजार विनीयोजन गरेको छ ।

नगरपालिकाले खानेपानीतर्फ चार करोड ४७ लाख २५ हजार, खेलकुदतर्फ एक करोड ३३ लाख र पर्यटनतर्फ चार करोड ९१ लाख विनीयोजन गरेको छ। कृषि सिञ्चाईतर्फ तीन करोड ४१ लाख ४५ हजार रुपैयाँ विनियोजन गरकोको छ । त्यस्तै स्वास्थ्य तथा सरसफाई तर्फ नौ करोड ७६ लाख ७० हजार र वन, वातावरण तथा विपद व्यवस्थापनमा दुई करोड पाँच लाख ५० हजार विनीयोजन गरिएको छ। दलित उत्थान, आदिवासी जनजाति, अन्य विपन्न वर्ग, अपाङ्गता, मुस्लिम समुदाय, महिला नेतृत्व तथा सीप विकास, ज्येष्ठ नागरिक, लोपोन्मुख सीमान्तकृत वर्ग, बालबालिका, मेलमिलाप केन्द्र एवं न्यायिक समिति प्रवर्द्धनका निम्ति एक करोड ७० लाख विनीयोजन गरिएको छ। पर्यटकलाई दमौलीस्थित मादी नदीमा ताल निर्माण गरी जलविहारको व्यवस्था गर्ने कार्यक्रम पनि बजेटमा छ । । नगरभित्रका प्रत्येक वडामा एक एक नमूना विद्यालयको छनोट गरी नमूना विद्यालय सञ्चालन गर्ने नीति नपाको छ । नपाले प्रत्येक वडा कार्यालयलाई पूर्वाधार निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

Related posts

बहुविवाहको पृष्ठभूमिमा घरेलुहिंसा

admin

आजै हुने काममा भोलिभोलि

admin

२०८१ बैशाख ६ गतेकाे तनहुँ आवाज साप्ताहिक

admin