25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

धान दिवसको शुभकामना !

बिहानपख झुिल्कन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।।
असारे मासको दबदबे हिलो छुनलाई घिनलाग्यो
पातली ज्यानलाई फरिया किन्दा छ विस रिन लाग्यो ।।
असार, मानो खाएर मुरी उब्जाउने महिना । ६२ प्रतिशत बढी जनसंख्या कृषि पेशामा आश्रित रहेको नेपालमा खेतीपातीको मुख्य समय असार हाम्रा लागि वास्तवमै महत्वपूर्ण समय हो । कृषि प्रधान मुलुक भएकाले नेपालमा १५ असारलाई राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यसका साथै १५ असारलाई दही च्यूरा खाने दिनको रुपमा पनि लिने गरिन्छ । यतीमात्र होइन जात्रा, पर्व र उत्सवमा धनी हामी पन्ध्र असारलाई रापाईं महोत्सवका रुपमा र हिले महोत्सवका रुपमा समेत मनाउने गरेका छौं । महोत्सवमा रमाउने कुराका अतिरिक्त हामी यतिबेला खेतखेतमा रोपाईंमा व्यस्त हुन्छौं ।

दुई दशक अगाडिसम्म हामी खाध्यान्नमा आत्म निर्भर मात्र होइन निर्यातकर्ता समेत थियौं भन्दा अहिलेको पुस्ताले त्यसलाई पत्याउन गाह्रो हुने अवस्था सृजना भएको छ । किनभने हामी अहिले वर्षनी अरबौं रुपैयाँको खाध्यान्न आयात गछौं । कृषि क्षेत्रको विकासका लागि भनेर राज्यले ल्याएका कार्यक्रमहरुले पाखुरीमा बल भएका उमेर समूहलाई आकर्षित गर्न सकेको छैन र उनीहरु रोजगारीको खोजीमा पराई भूमिमा भौंतारिन बाध्य छन् । खेती लगाउने बेलामा हुने मल तथा बीउको अभाव, उत्पादित वस्तुले यथोचित बजार मूल्य नपाउनु जस्ता कारणले नेपाली नागरिकलाई कृषिकर्म तर्फ आकर्षित गर्न नसकेको हो । त्यसैले त माथि उल्लेख गरिए जस्ता गीत गाएर हली , बाउसे र रोपाहारले रोपार्इंलाई रमाइलो बनाएको सुन्न छाडिएको छ । यो वर्ष पनि मल अभावमा किसानहरु पिडित हुने अवस्था बनिसकेको छ । सम्वन्धित निकायको यता तर्फ समयमै ध्यान जानु जरुरी छ ।

उन्नत मल तथा बीऊ यथासमयमा र आवश्यक मात्रमा उपलब्ध गराउने, सिंचाइ सुविधाको विस्तार गर्ने, उत्पादित कृषि उपजको उचित मूल्य किसानले पाउने वातावरण निर्माण गर्ने, आधुनिक कृषि औजारहरु किसानलाई आशिंक वा पूर्ण अनुदानमा उपलब्ध गराउने जस्ता कार्य गर्नसक्दा अवश्य कृषि पेशामा आकर्षण बढ्न सक्छ । यी सबै काम गरेर देशलाई खाध्यान्नमा आत्मनिर्भर गराउने तर्फ राज्यको ध्यान जाओस् । राष्ट्रिय धान दिवस, दही– च्यूरा खाने दिन, रोपाईं महोत्सव र हिले जात्राको सवैमा शुभकामना !

Related posts

मृत चितुवा भेटियो

admin

उपनिर्वाचन तालिका स्वीकृत

admin

राजनीतिक स्वार्थ अनि प्रतिष्ठाले प्रभावित तनहुँ उद्योग वाणिज्य संघको निर्वाचन

admin