24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

विधेयक, दलमाथिको प्रतिबन्धसगैँ ज्ञानेन्द्रको गर्जन

विशेष सम्वाददाता/नेपाल सरकारले गुठी विधेयक फिर्ता लिए पनि सडकमा उत्रेको जनसागर मत्थर भएन । काठमाण्डौ, भक्तपुर, ललितपुरका गुठीयार तथा नेवा देयः दवु समुहको आव्हानमा भएको गुठी विधेयकको विरुद्धको आन्दोलनलाई मंगलबार नेपाल सरकारका तर्फबाट मन्त्री पद्मा अर्यालले सरोकारवालासंग छलफल गर्नुपर्ने आवश्यकता रहेको कारण देखाउँदै मंगलबार विधेयक लिएको घोषणाले रोक्न सकेन । झनै उत्तेजित पारेको छ । विधेयक खारेजीको माग गर्दै झनै ठूलो जनप्रदर्शन भएको छ ।

अर्कोतर्फ नेपाली सञ्चार जगत पनि आन्दोलनमा छ । मिडिया काउन्सील विधेयक फिर्ताको माग गर्दै । मानव अधिकारवादी, नेपाली सेनासंग सम्बन्धित विधेयकलाई लिएर असन्तुष्टी बढ्दै गएको आभाष भैरहेको छ ।

दश बर्ष विद्रोह गरेर आएको एउटा समूह सरकारमा बसेर अर्को समूहलाई प्रतिबन्ध लगाएरको सरकारका गतिविधि हेर्दा कसैलाई दोष थोपरेर पाएको उपलब्धी गुमाउने दिशामा प्रयोग भएको आषाभ नेपाली जनताले गर्न थालेका छन् । गुठी विधेयकले तातेको काठमाण्डौको सडक झनै तताउने गरी विगत १३ बर्षदेखि मौन बसेका पूर्वराजा ज्ञानेन्द्रले मुख खोल्न थालेका छन् । नेपाली धर्म संस्कृतिको रक्षार्थ सडकमा उत्रेका उपत्यकावासीलाई थप उर्जा दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन्– ‘गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सैह्य छैन ।’विवादास्पद विधेयक, दलमाथिको प्रतिबन्ध र नसेलाएको आन्दोलनले २०६३ साल बैशाख ८ गतेको अवस्थालाई झल्काई रहेको छ ।

Related posts

महिला हिंसा विरूद्धको अभियान र उपलब्धि

admin

निर्मलाको निम्ती न्याय

admin

भिटामिन ए कार्यक्रम

admin