20.4 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

विद्यार्थीलाई विद्यालय पोशाकसहित खाजा

भानु/भानुका चार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खाजा तथा विद्यालय पोशाक उपलब्ध गराउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि निशुल्क दिवा खाजाका साथै विद्यालय पोशाक समेत उपलब्ध गराउने भएको हो । भानु १३ का वडाअध्यक्षको रामबहादुर बानियाँको अध्यक्षता तथा विभिन्न वडाका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सम्जुरको जनसहयोगी मावि, ठूल्ढुङ्गाको अरनिको मावि, बाँकेपसलको इस्लामिक हनफिया प्रावि, र कर्मिडाँडाको कंकाली प्राविमा सो सुविधा दिने भएको छ । विद्यार्थीलाई सामुदायिक विद्यालयमा टिकाउन तथा विद्यालयप्रति आर्कर्षित गर्न प्रतिनिधिहरुले सो निर्णय गरेको हो ।

Related posts

जीवन र समृद्धिका लागि जैविक विविधताको संरक्षण-सम्पादकीय

admin

रेडक्रसद्धारा निशुल्क स्वास्थ्य शिबिर

admin

कुलमान गएपनि कुलको मान नजाओस्

admin