Tanahun Awaj
Uncategorized

अन्तरान्ष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

कलेस्ती/कलेस्ती उपत्यका महिला विकास समाज व्यास ९ले एक कार्यक्रम आयोजना गरि १०९औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । शुक्रबार आयोजित कार्यक्रममा मुख्य अतिथी वडाअध्यक्ष सुरेश थापाले श्रमिक महिलाको हक अधिकारको लागि महिला स्वयं जागरुक हुनपर्ने बताए

कार्यक्रमकी विशिष्ट अतिथी व्यास नगर कार्यापालिका सदस्य कल्पना पोख्रेलले महिला माथि गरिएको हिंसालाई अपराध मान्नुपर्ने भन्दै उनले हिंसा हुदाँ महिला स्वयंले विद्रोह गर्नसक्नु पर्ने बताईन् । अर्की विशिष्ट अतिथी कार्यापालिका सदस्य सुनसरी गुरुङ्गले महिला हिंसा न्यूनिकरणमा महिलाले मात्र नभई पुरुषले पनि साथ दिनुपर्ने कुरा उल्लेख गरिन् ।

रामप्यारी आलेको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा वडा सदस्य ज्ञानु सुनार, रेडक्रस उपशाखा सभापति बाबुराम खनाल, मनमाया श्रेष्ठ, आशा गुरुङ्ग, नारायणी पौडेल, सोबिता श्रेष्ठ, सिर्जना भण्डारी, शमिला आचार्य, पदमा पाण्डे, सत्यदेवी थापा लगायतले मन्तव्य राखेका थिए ।

Related posts

यसो गरौं,शिक्षणमा सुधार गर्न व्यानपाको अभियान

admin

शिक्षक महासंघको सरकारलाई ध्यानकर्षण

admin

व्यास नपाको चौथो म्याराथन

admin