22.4 C
Damauli
October 4, 2026
Tanahun Awaj
Uncategorized

किरियापुत्री भवनलाई सहयोग

दमौली \ व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि आर्थिक सहयोग आउने क्रम जारी रहेको छ ।

यसै क्रममा क्षेत्री समाज मिर्लुङ सम्पर्क समितिले भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । समितिले शनिबार ५ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेको हो । समाजका संस्थापक अध्यक्ष चक्रबहादुर अधिकारी, निवर्तमान अध्यक्ष क्या. जगतबहादुर बानियाँ र कोषाध्यक्ष बलबहादुर पाण्डेले भवन निर्माण समितिका सल्लाहकार प्रियनाथ पौडेललाई उक्त रकम हस्तान्तरण गरेका छन् । सामाजिक कामका लागि सबै क्षेत्रबाट सहयोग भइरहेको सन्दर्भमा सम्पर्क समितिले समेत सानो भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको समितिका संस्थापक अध्यक्ष अधिकारीले बताए ।

भवन निर्माण समितिका सल्लाहकार पौडेलले भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै भवन निर्माणका लागि सबैतिरबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए । व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।

Related posts

रक्तदाता उत्प्रेरणा, सञ्जालिकरण साथमा डिहिगाउ“मा रक्तदान

admin

द्वन्द्व यौन हिंसा दिवश-सम्पादकीय

admin

प्रजातन्त्र अर्थात स्वतन्त्रताको मूल्य

admin