22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

भानु १३ मा जु.रे.स दिवस

भानु/जनसहयोगी मा.वि., अरनिको मा.वि. र हनफिया प्रा.वि. का ने.जु.रे. सर्कलका विद्यार्थीले ५४ औं जुनियर दिवस बनकट्टा र काफलस्वाराका पुरिएका पोखरी खनेर सफा गरे । उक्त अभिभावक र शिक्षकले साथ दिएका थिए ।

कार्यक्रममा दशहजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए । अरनिको माविको औपचारिक कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रामबहादुर वानियाँ, मुस्लिम संघका उपाध्यक्ष हाजिरफिक मियाँ, रेडक्रस सोसाइटि कलेस्ति उपशाखा सभापति बाबुराम खनालले पुराना संरचना सम्झाइ दिएकोमा खुसी व्यक्त गरे ।

जनसहयोगी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मौलादिन शेख, हनिफिया प्राविका प्रअ जइदा बेगम र छात्र राज महमद मियाँले मन्तव्य राखेका थिए ।

Related posts

एक उल्टा यात्री

admin

प्रश्न छाड्दै पत्रकारिता

admin

कर्मकाण्ड तालिम

admin