Tanahun Awaj
Uncategorized

जेसिआईले रजत जयन्ती मनायो

दमौली/ स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा जेसिआई व्यास नगरले व्यास २ स्थित उद्योग वाणिज्य संघको सभा हलमा भव्य समारोह सहित रजत जयन्ती मनाएको छ । २६ सदस्य सहित १९९४ अप्रिल १९ मा रामलाल श्रेष्ठको नेतृत्वमा दमौलीमा व्यास नगर जेसिजको स्थापना भएको थियो ।
समारोहमा नेपाल जसिजका राष्ट्रिय अध्यक्ष महेश पौडेलले संस्थाको उपलब्धीको प्रशंसा गर्दै देश विकास र राज्य सञ्चालनमा युवाहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

पोखरा जेसिजका वर्ष १९९४ का अध्यक्ष नारायण शर्माले समारोहमा बोल्दै जेसिआई व्यास नगर शाखाको भवनको तला थपका लागि २५ हजार रुपैया सहयोग गर्ने घोषणा गरेका थिए । जेसिआईका संस्थापक अध्यक्ष रामलाल श्रेष्ठले निकै कठिनाइ पार गर्दै जेसिआईलाई अहिलेको अवस्थामा ल्याइएको भन्दै नेतृत्वलाई सफलताको शुभकामना दिएका थिए । उनले भवनको तला थप गर्ने अभियानमा साथ दिने प्रतिवद्धता समेत सो अवसरमा जनाए ।
वर्ष २०१८ का अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्दीय सदस्य देवकुमार श्रेष्ठ, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष रवीन्द्र गुरुङ्ग, पूर्व राष्ट्रिय उपाध्यक्ष सुदीपसिंह अधिकारी, लमजुङ जेसिजकी अध्यक्ष पायल शर्मा, संस्थापक महासचिव सुरेन्द्र वाग्ले निर्वतमान अध्यक्ष पविन्द्र भट्टराई लगायतले सो अवसरमा बोलेका थिए ।

संस्थापक अध्यक्ष राजलाल श्रेष्ठसहित संस्थापक कार्य समितिका २६ सदस्यलाई तथा मातृत्व प्रदान गर्ने पोखराका जेसिजका वर्ष १९९४ का अध्यक्ष नारायण शर्मालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा रजत जयन्तीको पिन सार्वजनिक गरीएको थियो । साथै हालै स्विकृत ४० सदस्यलाई सदस्यता पिन प्रदान गर्दै केक काटेर स्वागत एवं शुभकामना आदान प्रदान गरिएको थियो ।

Related posts

तरुण दल तिहारपछि सरकारका गलत कदम विरुद्ध सडकमा उत्रिने

admin

चौथो आदिवासी जनजाति महोत्सव सम्पन्न

admin

अचम

admin