23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

रेडक्रसद्धारा निशुल्क स्वास्थ्य शिबिर

भानु/विपि नेत्र प्रतिष्ठान भक्तपुरको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिबिरमा १५ जनाको मोतिबिन्दु र ५ जनाको कानको सल्यक्रिया गरिएको छ । सात सय ७५ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराई औंषधी समेत प्राप्त गरेका थिए । साथै उक्त शिविरबाट ६० जनाले चस्मा, ४ जनाले हियरिङ्ग एड प्राप्त गरे । नेपाल रेडक्रस सोसाइटी तनहु शाखाद्वारा केन्द्रिय कार्यालयको समन्वयमा संचालित “नेपालका भुकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको लागि सशक्तिकरण र समाबेशीकरण कार्यक्रम” भानु १३ ठूल्ढुङ्गामा सम्पन्न भएको छ । माघ १४ र १५ गते हाल भानु नगरपालिका वडा नं. १३ का ब्यक्तिहरुलाई लक्षित गरि अरनिको मावि, भानु– १३, मा सो शिबिरमा साबिक रिस्ती, सतिस्वांरा र भानु नगरपालिका वडा नं १३ का सेवाग्राहीले सेवा लिएका थिए ।

प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले माघ १४ गते भानु नगरपालिका वडा नं १३ जेष्ठ नागरिक ८८ बर्षिय इमान सिं गुरुङ्गको आंखा परिक्षणमा सहयोग पु¥याई शिबिरको शुभारम्भ गर्नु भयो । सो अवसरमा प्रमुख अतिथि धाख्वाले नेरेसो तनहुं जिल्ला शाखाद्वारा संचालन गरिएको सामुदायिक विकासका कार्यक्रम र सेवा तथा अपाङ्गता समावेशी कार्यक्रमको प्रशंसा गर्दै रेडक्रस समुदायसंग सधै संगै रहेको र आगामि दिनमा पनि संगै रहने कुरा बताउनु भयो ।

तनहुँ शाखाका सभापति कृष्णहरी वाग्लेको सभापतित्वमा भएको सो कार्यक्रमको तनहुं जिल्ला शाखाका अपाङ्गता समाबेशी कार्यक्रमका फोकल पर्सन करुणा निधि भट्टराइले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले स्वागत गर्नु भएको थियो भने तनहुं शाखाका कोषाध्यक्ष हरीशरण पण्डित, उप कोषाध्यक्ष सुकुमलाल गुरुङ्ग, नेरेसो कलेस्ती उपशाखाका सभापति बाबुराम खनाल, नेरेसो केन्द्रिय कार्यालय अपाङ्गता समाबेशी कार्यक्रमका निर्देशक पुजा कोइरालाले शुभकामना मन्तब्य राख्नु भएको थियो । आजबाट तनहुँको रिसिङ्गमा पनि यस्तै खालको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सोही टोली बुधबार नै ऋषिङ पुगेको छ ।

Related posts

जन्मजयन्तीको अवसरमा गणेशमानको शालिकमा माल्यार्पण

admin

छुट्टै दुई घटनामा दुइको मृत्यु

admin

संविधानको पूर्ण कार्यान्वयनको कामना !

admin