22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

कांग्रेस सदस्यता खारेजी समाचार झूटा

२६ पौष, काठमाडौँ÷नेपाली काँगे्रसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा मिति २०७५ साल पौष २४ गते हस्ताक्षरित नेपाली काँगे्रस तनहुँको नाममा प्रेषित पत्रको आधारमा अन्नपूर्ण दैनिकको समाचारमा मिति २०७५ साल पौष २६ गते काँग्रेसबाट निकालिए जोशी र जोशीको सदस्यता खारेज भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति तनहुँ काँगे्रसले आपत्ति जनाएको छ । बिहिवार एक वक्तब्य जारी गर्दै विशेष जिल्ला अधिवेशन आयोजक समितिका संयोजक डिल्लीराम अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भ्रामक समाचारको खण्डन गरिएको हो ।

प्रेश वक्तब्य यस्तो छ ।
प्रेश वक्तब्य
नेपाली काँगे्रसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा मिति २०७५ साल पौष २४ गते हस्ताक्षरित नेपाली काँगे्रस तनहुँको नाममा प्रेषित पत्रको आधारमा अन्नपूर्ण दैनिकको समाचारमा मिति २०७५ साल पौष २६ गते काँग्रेसबाट निकालिए जोशी र जोशीको सदस्यता खारेज भन्ने शिर्षकमा प्रकाशित समाचारमा हाम्रो ध्यान आकृष्ट भएको छ ।
यो समाचारले जनमानसमा भ्रम सृजना गरेको छ । नेपाली काँगे्रसका मुख्य सचिव पौडेलको सदस्यता खारेज गर्न सक्ने हैसियत नभएको र उनको वक्तब्यमा लेखिएको कुराहरुले गोविन्दराज जोशीलाई काँगे्रसको सदस्यताबाट नहटाएको स्पष्ट छ । नेपाली काँगे्रसको विधानको धारा ४९ को (११) (ख) मा बागी उमेद्वार भै चुनाव लडेमा पार्टी सदस्यता नरहने भन्ने प्रावधान रहेको र गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यमा उमेदवारी दर्ता गराएको दाबी रामचन्द्र पौडेलको उजुरी अनुसार गोविन्दराज जोशीको उमेदवारी रद्ध भै चुनाव लडन नपाएको , मतपत्रमा उमेदवारीको नामनै नभएको, चुनाव चिन्ह रोज्न नपाएको , उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदा गोविन्दराज जोशीको नाम नरहेको , अवस्थामा चुनावमा आफनो उमेदवारीनै नरहेको हुँदा उक्त प्रकाशित समाचारको खण्डन गरेको छु । नेपाली काँगे्रसको विधानको धारा ४२ (४ ) मा कुनै पनि सदस्यलाई कारवाही गर्न केन्द्रीय अनुसासन समितिको स्पष्टीकरण माग्ने र ४२ को (५ ) अनुसार कारवाही गर्दा सफाईको उचित मौका दिनुपर्नेछ भन्ने वैधानिक ब्यवस्था हुनुको साथैै प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफुमाथि लगाइएको आरोपको प्रतिरक्षा गर्ने मौकाबाट बन्चित हुनुपर्ने अवस्था नरहेको हालसम्म गोविन्दराज जोशीलाई आफुमाथि लगाईको आरोपको खण्डन गर्ने सूचना सम्म पनि नदिएको , र विधानको धारा ३३ अनुसार अनुसासन समितिनै गठन नभएको अवस्थामा गोविन्दराज जोशीलाई नेपाली काँगे्रसको साधारण सदस्यताबाट हटाईको भन्ने भ्रामक समाचार प्रकाशित भएको , यस्ता समाचारले समाजमा विकृति फैलाउने हुँदा यस्ता समाचार सम्प्रेशण नगर्न , भ्रामक समाचारको खण्डन गरिदिनुहुन अनुरोध छ ।
डिल्लीराम अधिकारी
संयोजक
नेपाली काँगे्रस तनहुँ
विशेष जिल्ला अधिवेशन आयोजक समिति

Related posts

ऋषिङ म्याराथनको तयारी अन्तिम चरणमा

admin

बढ्दै कोरोना संक्रमण, छैन सावधानी

admin

२०८१ कार्तिक १ गतेको तनहुँ आवाज

admin