Tanahun Awaj
Uncategorized

राजा र नेपाली काँग्रेस (वि.पि.) बीच छलफल

पोखरा/सपरिवार पोखरामा रहेका पूर्व राजा र नेपाली काँग्रेस (विपी) बीच नेपालको वर्तमान राजनीति र भावी रणनीतिको विषयमा सोमबार विहान गम्भिर छलफल भएको सो पार्टीले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह र नेपाली काग्रेस (वि.पी.)का महामन्त्रीद्वय पुष्पराज पराजुली, शुशिलमान सेरचन र प्रबक्ता दिपेन्द्र पौडेल बीच छलफल भएको महामन्त्री पुष्पराज पराजुलीले बताए । सो अवसरमा पूर्व राजाले देशको राजनीति अवस्थाबाट आफू चिन्तित भएको बताएका थिए भने नेपाली काँग्रेस (वि.पि.)ले हिन्दुराष्ट्र नेपाल नेपाली काँग्रेस (वि.पि.) को बटम लाईन भएको धारणा राखेको स्रोतले बतायो ।

नेपाली काँग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको सन्दर्भ पारेर राष्ट्रियताको सवालमा राजासंग मेलमिलाप गरेर पनि राष्ट्रियता जोगाउनु पर्ने राष्ट्रिय भावनाबाट प्रतिपादित सिद्धान्त आजपनि उत्तिकै सान्दर्भिक भएको निष्कर्षका साथ पूर्वराजासँग देशको राजनीतिक अवस्था र भावी रणनीतिको बारेमा छलफल भएको महामन्त्री पराजुलीले तनहुँ आवाजलाई बताए ।

Related posts

चौथो अधिवेशन सम्पन्न

admin

दमाैलीमा लकडाउनकाे अवस्था

admin

पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

admin