25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
Uncategorized

छहार्दी खानेपानी योजना सम्पन्न

सपाङदी/रिसिङ गाउँपालिका वडा नं ५ सपाङदीमा ६६ लाख रुपैयाँको लागतमा खानेपानी योजना सम्पन भएको छ ।

छहार्दी खोलाबाट ५ सय १० मिटर लामो पाइपमार्फत थुम्की डाँडामा सौर्य उर्जाको सहयोगमा पानी तानेर वितरण गरिएको हो । छहार्दी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बामदेव थापाका अनुसार हालसम्म रिसिङ गाउँपालिकाबाट १७ लाख रुपैयाँ अनुदान तथा सिद्ध सामुदायिक बन उपभोक्ता समूहबाट ५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ ।

बाकी काम जनश्रमबाट गरिए पनि सौर्य उर्जाका सामान खरिद गर्दाको २४ लाख रुपैयाँ तिर्न बाकी रहेको अध्यक्ष थापाले बताए । थापाले गाउँपालिकाबाट थप अनुदान प्राप्त भए ऋण तिर्न सजिलो हुने बताउदै गाउँपालिकाका अध्यक्षबाट समेत सहयोगको आश्वासन प्राप्त भएकाले सहयोग प्राप्त हुनेमा स्थानीय विश्वस्त रहेको उल्लेख गरे । सम्पन खानेपानी आयोजनाबाट सपाङदीका ८२ घर धुरीका ४ सय १३ नागरिक लाभान्वित भएका छन् ।

Related posts

म्यानमारको लोकतान्त्रिक आन्दोलनमा एक्यवद्धता जनाऊँ

admin

शहरी विकासमा अष्ट्रेलियन भोलेन्टीयर

admin

मानुङ्कोटः उदाउँदो पर्यटकीय गन्तब्य

admin